8 years ago
July 21, 2017
पेरिस (एजेन्सी)– नेयमार जस्ता विश्वस्तरीय खेलाडी पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई आवश्यक रहेको टोलीका कप्तान थिएगो सिल्भाले बताएका छन् । विश्व कीर्तिमानी रकममा नेयमार बार्सिलोनाबाट पिएसजी जान सक्ने सम्भावनाका बीचमा सिल्भाको यस्तो भनाई आएको हो ।
बार्सिलोनामा धेरै जसो समय लियोनल मेस्सी र लुइस सुआरेजको छायाँमा पर्ने गरेका नेयमार फ्रेन्च टोलीमा पुगे भने त्यहाँको नम्बर एक स्टार रहने पक्का छ। सन् २०१२ देखि पिएजसीबाट खेल्दै आएका सिल्भाले सरुवाका विषयमा ब्राजिलियन सहकर्मी नेयमारसँग अझै कुरा गरेका छैनन्। तर पनि नेयमारजस्तो खेलाडी भित्राउन सके त्यो क्लबका लागि उपयुक्त हुने बताउँछन्।
प्रि सिजनमा रोमासँगको मैत्रीपूर्ण खेलपछि उनले सञ्चारकर्मीसँग भने,‘ मलाई यो विषयमा खास थाहा छैन। यदि नेयमार आउने भए भन्ने मलाई उनले भन्दैनन्। पिएसजीका लागि नेयमार जस्ता खेलाडी महत्वपूर्ण हुन्छन्। यदि त्यो सम्भव भयो भने समूहका लागि राम्रो हुनेछ। ’
नेयमार भित्राउन सके पिएसजीले च्याम्पियन्स लिग उपाधि जित्ने सम्भावना बलियो हुने अनुमान गरिएको छ। टोली अहिले सम्म युरोपियन क्लब च्याम्पियन बन्न सकेको छैन। गत सिजन टोलीले फ्रास्नेली लिग १को उपाधि पनि जित्न सकेन।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]