default_image

8 years ago

July 21, 2017

कौटिन्होको लागि बार्सिलोनाको प्रस्ताव लिभरपुलद्वारा अस्विकार

104 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले लिभरपुलका भरपर्दा मिडफिल्डर फिलिपे कौटिन्होलाई किन्ने प्रस्ताव गरेपनि लिभरपुलले कौटिन्होलाई कुनै हालतमा नबेच्ने जानकारी गराएको छ।

Coutinho

बार्सिलोनाले कौटिन्होकालागि ७० मिलियन पाउण्डको प्रस्ताव राखेपनि लिभरपुलले ब्राजिलियनलाई नबेच्ने खबर गरेको प्रतिष्ठित बेलायती मिडिया स्काई स्पोर्ट्सले जनाएको हो । हालै जनवरीमा लिभरपुलसँग नया सम्झौतामा पुगेका कौटिन्हो २०२२ सम्मकालागि लिभरपुलसँग आबद्ध छन् । कौटिन्होको सम्झौतामा कुनै पनि ‘रिलिज क्लज’ नभएकाले लिभरपुलले क्लबहरुको प्रस्ताव नस्विकारेसम्म कौटिन्हो लिभरपुलमा बस्ने पक्का  छ ।

गत सिजन धेरै जसो वाइड मिडफिल्डमा खेलेका कौटिन्होले ३१ खेलमा लिभरपुलकालागि १३ गोल गर्दै ७ असिस्ट दिएका थिए। रोमाबाट मोहमद सलाहको आगमनसँगै यो सिजन उनी धेरै जसो सेन्टर मिडफिल्डमा देखिने आंकलन गरिएको छ।

सन् २०१३ को जनवरीमा इन्टर मिलान बाट केवल ८.५ मिलियन पाउण्डमा लिभरपुल भित्रिएका कौटिन्होले आफुलाई युरोपको उत्कृष्ट मिडफिल्डरको सुचिमा स्थापित गरेका छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.