default_image

8 years ago

July 21, 2017

रोहित लगातार इन्डोनेसिया लिगको उत्कृष्ट ११मा पर्न सफल

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द लगातार दोस्रो पटक इन्डोनेसिया लिगा १ को उत्कृष्ट ११ मा छानिएका छन् । लिगा १ मा गरेको प्रदर्शनको आधारमा रोहित प्रतिष्ठित वेबसाइट गोल डट कमले घोषणा गरेको १४ औं र १५ औं साताका लागि उत्कृष्ट ११ मा छनोट भएका हुन् ।

रोहित चन्द

यसअघि १३ औं साताको उत्कृष्टमा पनि उनी उत्कृष्ट ११ मा समेटिएका थिए । यो सिजन पर्सिजा पुगेयता उनी उत्कृष्ट ११ मा परेको त्यो पहिलो पटक थियो । लिगा १ मा २० टोलीको सहभागिता छ । साउन १ गते रोहितकै गोलमा पर्सिजा जकार्ताले पुसामानिया बोर्निओलाई १–० ले हराएको थियो ।

त्यसअघि रोहितको टोलीले ग्रिसिक युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो । सुरुआतमा केहि साता खराब प्रदर्शनका कारण दबाबमा रहेको पर्सिजा पछिल्ला साताहरुमा भने उच्च प्रदर्शन गर्दै आइरहेको छ ।

रोहितको टोली अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । पर्सिजाले १५ खेलमा ६ जित, ६ बराबरी र ३ हारसहित २४ अंक जोडेको छ । शीर्षस्थानमा रहेको पीएसएमको २७ अंक रहेको छ । बुधबार मात्र पर्सिजाले प्रि सिजनका लागि इन्डोनेसिया भ्रमणमा रहेको स्पेनिस क्लब इस्पानियोलसँग मैत्रीपूर्ण खेल खेलेको थियो । रोहितले अन्तिम १२ मिनेट खेलेको उक्त खेलमा पर्सिजा ७–० ले पराजित भएको थियो ।

चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेर गत बर्षमा उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमार्फत फुटबलमा फर्केका थिए । चोटबाट फर्केपछि राष्ट्रिय टोलीमा समेत पुनरागमन गर्दै रोहितले एसियन कप छनोटमा फिलिपिन्स र यमनविरुद्ध खेलिसकेका छन्। मनाङबाट खेल्दा खेल्दै उनी पर्सिजामा आबद्ध भएका थिए ।

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.