default_image

8 years ago

July 22, 2017

पिएसजीसँग सम्झौता गर्न स्यान्चेज पेरिसमा

135 views

0 Bookmark

एजेन्सी – आर्सनलका सुपरस्टार विङ्गर एलेक्सिस स्यान्चेज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता गर्न पेरिस पुगेका छन्। आर्सनल छाडेर पिएसजी जाने लगभग पक्का भइसकेको अवस्थामा उनि आफ्नो व्यक्तिगत सर्तहरु बारे छलफल गर्न त्यहाँ पुगेका हुन्।

गत सिजनको अन्त्यसँगै स्यान्चेज आर्सनलमा रहेन वा नरहने भन्ने बारे निकै चर्चा भएपनि अझसम्म उनि प्रशिक्षणमा सामेल नभएकोले उनले क्लब छाड्ने लगभग पक्का भएको बुझिएको हो। म्यानचेस्टर सिटिले पनि स्यान्चेजलाई क्लबमा भित्र्याउने प्रयास गरेको थियो। तर, पिएसजीको प्रस्ताव क्लबले स्वीकार गर्ने बुझिएपछी स्यान्चेज पेरिसको रोयल मोन्केउ होटलमा व्यक्तिगत सम्झौता गर्न पुगेका थिए।

प्रतिष्ठित फ्रेन्च मिडिया क्यानलका अनुसार चिलीका राष्ट्रिय टोलीका सदस्य समेत रहेका २८ वर्षीय स्यान्चेजलाई भित्र्याउन पिएसजीले ४५ मिलियन पाउण्ड खर्चने बुझिएको छ यद्दपी आर्सनलले औपचारिक रुपमा यसबारे केहि जानकारी दिएको छैन। स्यान्चेजले गत सिजनबाट नै आर्सनल खोज्न चाहेको बुझिएको थियो।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.