default_image

8 years ago

July 22, 2017

चेल्सी, रियल र बार्सिलोनाबीच युवा डिफेन्डरलाई ल्याउने भिडन्त

122 views

0 Bookmark

एजेन्सी – इङ्गलिस् प्रिमियर लिग च्याम्पियन चेल्सीसँगै स्पेनका दुई ठुला क्लब रियल म्याड्रिड र बार्सिलोनाले फ्रान्सका एक युवा डिफेन्डरलाई भित्र्याउने प्रयास गरिरहेका छन्। फ्रान्सेली खेलाडी मालाङ सारललाई भित्र्याउने प्रयासमा तिनै क्लबले उनको खेल हेर्न स्काउट पठाएको बुझिएको छ।

१८ वर्षीय सेन्टर डिफेन्डर सार हाल फ्रान्सेली लिग वान क्लब नओजिसी निससँग आबद्ध छन्। १७ वर्षको उमेरमा लिग वनमा डेब्यु गरेका उनले आफ्नो पहिलो खेलमै स्टाड रेन्नेसविरुद्ध गोल गरेका थिए। फ्रान्सको यू२१ राष्ट्रिय टोलीका सदस्य रहेका सारले गत सिजन निसका लागि ३१ खेल खेलेका थिए।

५ वर्षको उमेरदेखि निसमा रहेका सारको रिलिज क्लज ३६ मिलियन पाउण्ड तोकिएको छ। सन् २०१६को अन्त्यतिर आर्सनलले सारलाई अनुबन्धन गर्न खोजेपनि निसले उनलाई क्लबमै राखेको थियो। चेल्सीले यस सिजन एक डिफेन्डर भित्र्याएपनि प्रशिक्षक एन्टोनियो कन्टेले अझै एक डिफेन्डर भित्र्याउने सम्भावना रहेको छ। यसैगरि बार्सिलोना र रियलले पनि लामो समयदेखि सारलाई पछ्याइरहेको बुझिएको छ।

स्पेनिस लिगमा गत सिजन दोश्रो स्थानमा चित्त बुझाएको बार्सिलोनाले स्यामुएल उम्टिटी र जेरेमी म्याथुको प्रदर्शनमा सन्तुष्ट नभएकोले नयाँ खेलाडी किन्ने प्रयासमा छ। यसैगरी रियल म्याड्रिडमा पेपेको प्रस्थानसँगै टोलीमा आएका भालेहो र नाचो फर्नान्डेज मात्र विकल्पका रुपमा रहेका छन्।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.