8 years ago
July 22, 2017
न्यूयोर्क (एजेन्सी)– नेयमारको भविष्यको चर्चाले बार्सिलोनाको प्रि सिजन अमेरिका भ्रणम नै छायाँमा पारेको छ । तर, पनि ब्राजिलियन स्टार नेयमार शुक्रबार बार्सिलोनाको टोलीसँगको अभ्यासमा सहजताका साथ सहभागी भए ।
लिग १ को महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)ले २५ वर्षे सुपर स्टारलाई १ सय ९६ मिलियन पाउण्डमा किन्न तयार भएपछि स्पेनमा नेयमारको भविष्य शंकामा परेको छ । पिएसजी सरुवाका लागि २ सय २२ मिलियन युरो खर्च पनि तयार रहेको चर्चा केही दिन यता चलिरहेको छ ।
पिएसजी जाने चर्चाका बीच पनि नेयमार भने साताको सुरुवातमा बार्सिलोनाको टोलीसँगै अमेरिका यात्रामा निस्केका थिए । मध्य दिनको गर्मीमा भएको अभ्यासमा पनि उनी सक्रियताका साथ सहभागी भएका थिए । बार्सिलोनाका प्रशिक्षक इरिस्टो भाल्भेर्डे भने नेयमारको सुरुवालाई हल्ला मात्र भएको बताएका छन् । पत्रकार सम्मेलनमा भाल्भेर्डेले भने ‘नेयमार हामीसँगै छन् । निश्चय नै उनी हामीसँगै रहनेछन् । बाँकी सबै हल्ला हुन् ।’
नेयमारका सहयात्री मिडफिल्डर सर्जियो बुस्केट्सले पनि प्रशिक्षकको भनाईमा सहमति जनाउँदै भने,‘उनलाई कहाँ छु भन्ने राम्रोसँग थाहा छ । मलाई लाग्छ यो भन्दा राम्रो ठाँउ उनका लागि छैन । मलाई आशा छ उनी लामो समय यहि रहनेछन् ।’
बार्सिलोनाले आइतबार युभेन्ट्ससँग खेल्दै इन्टरनेसनल च्याम्पियन्स कपको यात्रा थाल्नेछ । बार्साले भ्रमणका दौरानमा म्याचेस्टर युनाइटेड र घरेलु प्रतिद्वन्द्वि रियल म्याड्रिडको सामना गर्नेछ ।
टोलीका अर्का खेलाडी जाभियर मास्सेरानोले नेयमार बार्सिलोना छोडेर फ्रान्स जानु पर्ने कुनै कारण नभएको बताए । अझै नेयमारको सुरुवाका विषयमा टुंगो लागि नसकेको भएपनि मास्केरानो नेयमारको भविष्य बार्सिलोनामा नै देख्छन् ।
‘उनका विषयमा धेरै चर्चा छ, जसले उनी दबाबमा हुन सक्दछन्,’ इएसपिएन एफसीलाई रक्षक मास्सेरानोले भनेका छन् ‘ उनका विषयमा धेरै समाचार र हल्ला चलिरहेका हुन्छन् ।’ यस्तो परिस्थितिमा नेयमारलाई सल्लाह दिन पनि कठिन हुने बताए । ‘पहिलो त मैले उनलाई सल्लाह दिने कुरा भएन । दोस्रो म उनलाई यहाँ एकदमै खुसी देखिरहेको छु, साच्चै खुसी,’ उनले भने,‘बार्सिलोना उनका लागि उपयुक्त ठाँउ हो । तर आफ्नो बारेमा निर्णय लिन हरेक मान्छे स्वतन्त्र छ ।
मास्सेरानोले युवा नेयमार लामो समय क्लबमा रहन सक्ने विश्वास पनि व्यक्त गरे । उनले थपे,‘उमेरका कारण उनी क्लबका महत्वपूर्ण खेलाडी हुन् । उनी क्लबको भविष्य हुन् र हामीलाई आशा छ उनी साथमै रहनेछन् ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]