8 years ago
July 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– साताको सुरुआतमा शीर्ष टोलीसँग बराबरी खेलेको नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसी शनिबार पराजित भएको छ । एनपिएल २ भिक्टोरियामा जगजितको टोली ३–२ ले पराजित भएको थियो ।
पहिलो हाफमा २–० ले पछि परेपनि नुनावाडिङ खेललाई २–२ को बराबरीमा पुुर्याउन सफल भएको थियो। नुनाका लागि प्याट्रिक गरहार्ट र मिच कुपरले गोल फर्काएका थिए। तर, टोलीले अन्त्यसम्म बराबरीलाई जोगाउन सकेन र टोली पराजित भयो। आइतबार नुनावडिङले शीर्ष टोली डांडेनङ सिटी एफसीसँग १–१ को बराबरी खेलेको थियो।
नुनावाडिङ गएयता जगजितको त्यो सातौं खेल थियो। उनी गएयताका ७ मध्ये ३ खेल जितेको नुनावडिङले १ मा बराबरी र बाँकी ३ खेलमा हार बेहोरेको छ। २० टोलीको सहभागिता रहेको एनपिएल २का २४ खेलपछि नुनावडिङको २५ अंक छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]