8 years ago
July 22, 2017
बेजिङ (एजेन्सी)- – प्रि सिजनको तयारीमा रहेका दुई इङ्गलिस् प्रिमियर लिग टोली आर्सनल र चेल्सीबीच भएको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी भएको छ। चिनको बेजिङ सहरमा खेलिएको खेलमा चेल्सीले ३-०को जित हात पारेको हो।
चेल्सीका लागि पहिलो हाफको ४०औं मिनेटमा विलियनले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको २ मिनेटपछि नै स्ट्राइकर मिसी बासुआइले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए। दोश्रो हाफको चौथो मिनेटमा बासुआइले व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाएका थिए।
नयाँ सिजनको तयारीमा रहेका दुवै टोलीले यस खेलमा आफ्नो दोश्रो रोजाईका खेलाडीलाई पनि मौका दिएका थिए। चेल्सीले ११ जना खेलाडी परिवर्तन गर्दा आर्सनलले १० जना वैकल्पिक खेलाडीलाई मैदानमा उतारेको थियो।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]