default_image

8 years ago

July 23, 2017

सिंगापुरमा चेल्सीका अन्य खेलाडी भेट्दै मोराटा

122 views

0 Bookmark

सिंगापुर (एजेन्सी)– छ घन्टाको हवाईयात्रामार्फत बेजिङबाट सिंगापुर पुगेको चेल्सीको टोलीका खेलाडीसँग क्लबमा नयाँ स्ट्राइकर अल्भारो मोराटाको पहिलो पटक  भेट हुने भएको छ । बर्ड नेस्ट रंगशालामा आर्सनलसँग शनिबारको खेलमा घाइते भएका पेद्रो लन्डन फर्केपछि अब प्रशिक्षक एन्टोनियो कोन्टेसँग पहिलो रोजाईको स्ट्राइकर छैन ।

सिंगापुर पुगेपछि अटोग्राफ दिदै चेल्सीका अल्भारो मोराटा ।

त्यसको मतलब पछिल्लो सिजनका मुख्य आक्रामण सम्हालेका खेलाडी कोन्टेसँग छैनन् । इडन हाजार्ड चोटग्रस्त छन् । बेल्जियमको अभ्यासका दौरान घाइते भएका हाजार्ड सेप्टेम्बर अन्त्यमा मात्र फिट हुने अपेक्षागरिएको छ । अर्का स्ट्राइकर डिएगो कोस्ट भ्रणमा सामेल छैनन् । उनी एट्लेटिको म्याड्रिड फर्कने तयारीमा रहेको बताइएको छ । तर, प्रिमियर लिग च्याम्पियन चेल्सीका लागि मोराटाको आगमनले राहत पुग्ने अनुमान गरिएको छ ।

रियल म्याड्रिडबाट शुक्रबारमात्र ७० मिलियन युरो भन्दा बढीमा चेल्सीमा आबद्ध भएका थिए । उनी इङ्ल्यान्डबाट सोझै सिंगापुर पुगेका छन् । अब यो साता चेल्सीले बायर्न म्युनिख, इन्टर मिलानसँग इन्टरनेसनल च्याम्पियन्स कपमा प्रतिस्पर्धा गर्नेछ । सम्भवत मोराटा ती मध्ये कुनै खेलमार्फत चेल्सीका लागि डेब्यू गर्ने सम्भावना छ ।

स्पेनका अन्तर्राष्ट्रिय मोराटा विलियन, मिसी बासुआई वा जेरेमी बोगासँगै उत्रने छन् । बासुआइको दुई गोल र विलियनको एक गोलको मद्दतमा शनिबार चेल्सीले आर्सनललाई ३–० ले हराएको थियो । सिंगापुरमा दुई मैत्रीपूर्ण खेलपछि चेल्सी एफए कम्युनिटी सिल्डको तयारीका लागि इङ्ल्यान्ड फर्कनेछ । कम्युनिटी सिल्डमा चेल्सी र आर्सनलबी अगस्ट ६ मा प्रतिस्पर्धा हुनेछ ।

सिंगापुर पुगेका चेल्सीका डेभिड लुइज (दायाँ)।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.