8 years ago
July 24, 2017
एजेन्सी – म्यानचेस्टर सिटिले रियल म्याड्रिडका डिफेन्डर ड्यानीलोलाई २७ मिलियन पाउण्ड खर्चेर भित्र्याएको छ। सिटिले गरेको प्रस्ताव रियलले स्वीकार गरेपछि ड्यानीलोले ५ वर्षको सम्झौता गरेर सिटि आएका हुन्।
सन् २०१५मा रियल म्याड्रिड आएका ड्यानीलोले रियलमा रहेर राम्रो प्रदर्शन गर्न नसकेपछि क्लबले उनलाई बिक्रि गर्ने सोच बनाएको थियो। २ सिजनमा उन्ला ४१ खेल खेल्दै ३ गोल गरेका थिए। सिजनको अन्त्यतिर उनि कर्भाजल र नाचोपछिको रोजाईको खेलाडी बनेपछि प्रशिक्षक जिदानले उनलाई प्रयोग गरेका थिएनन्।
२६ वर्षीय डिफेन्डर ड्यानीलोले भोलीबाट नै प्रशिक्षणमा आबद्ध हुनेछन्। उनले लेफ्ट र राइट दुवैतर्फ खेल्न सक्ने हुनाले क्लबले उनलाई भित्र्याएको बुझिएको छ। ड्यानीलोले क्लबमा जोडिन पाउँदा एकदम खुशी व्यक्त गरे। यसै सिजन सिटिले आफ्ना ४ फुलब्याकलाई क्लब छोड्न खुला छाडेको थियो।
सिटिले यसअघिनै ५० मिलियन पाउण्ड खर्चेर काइल वाल्करलाई भित्र्याएपनि प्रशिक्षक गुआर्डीओलाले भने आफ्नो टोलीलाई बलियो बनाउन कुनै कसर नछाड्ने बताउँदै आएका थिए। उनले मोनाकोबाट लेफ्ट ब्याक बेन्जामिन मेन्डीलाई पनि भित्र्याउने प्रयास गरिरहेको बुझिएको छ।
रियल म्याड्रिड र म्यानचेस्टर सिटि आगामी बुधबार हुने खेलमा आमने सामने हुँदैछन्। दुवै क्लब अहिले अमेरिकामा रहेर प्रि सिजनको खेल एवं प्रशिक्षणमा व्यस्त छन्। सिटीले यसै साता रोमाको प्रस्तावलाई स्वीकार्दै डिफेन्डर एलेक्जेन्डर कोलारोभलाई बिक्रि गरेको छ भने फरवार्ड विल्फ्रिड बोनी र फबियान डेल्फ पनि क्लब छाड्ने तयारीमा छन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]