default_image

8 years ago

July 24, 2017

नेयमार बार्सिलोनामै बस्ने पिके र प्रशिक्षकको दाबी

152 views

0 Bookmark

अमेरिका (एजेन्सी) – बार्सिलोनाका भरपर्दा डिफेन्डर जेरार्ड पिकेले ब्राजिलियन फरवार्ड नेयमार अर्को सिजन बार्सिलोनामै रहने दाबी गरेका छन्। नेयमार पिएसजी जाने हल्ला व्यापक फैलिएसँगै पिकेले आफ्नो सामाजिक संजालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।

केहि दिन अघि भएको बार्सिलोना र युभेन्टसको खेलमा २ गोल गरेका २५ वर्षीय नेयमारले भने हालसम्म आफ्नो भविष्यबारे केहि बोलेका छैनन्। तर, नेयमारका समकक्षी डिफेन्डर पिकेले सामाजिक संजालमा दुइ खेलाडीको फोटो राख्दै ‘उनि बस्छन्’ भनेर लेखेका छन्।

यता बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभेर्डेले नेयमार बार्सिलोनाकै खेलाडी रहेको बताए ‘नेयमार अहिले हाम्रो साथमै छन् उनि हामीसबैले मन पराउने र नभई नहुने खेलाडी हुन् उनि मैदानभित्र मात्र नभएर टोलीमा एकदम रमाइला खेलाडी पनि हुन्

‘यो सब हल्ला हो। हामीले यसबारे केहि चिन्ता लिनुपर्ने जस्तो हामीलाई लागेको छैन। भविष्यमा के हुन्छ त्यसबारे म भन्न सक्दिन तर यो समयमा भने नेयमार टोलीकै सदस्य छन् र रहनेछन्।’

बुधबार हुने बार्सिलोना र म्यानचेस्टर युनाइटेडको खेलमा नेयमारले पहिलो रोजाईमा खेल्ने पनि बुझिएको छ

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.