8 years ago
July 25, 2017
अष्ट्रिया (एजेन्सी) – जर्मन बुन्डेसलिगा टोली आरबि लेप्जिगका नाबी केइटाले प्रशिक्षणका क्रममा रिसाएर ट्याकल हान्दा आफ्नै टोलीका खेलाडीलाई घाइते बनाएका छन्। नयाँ सिजनको तयारीमा अष्ट्रियामा रहेर प्रशिक्षण गरिरहेको लेप्जिगको केइटाले उक्त ट्याकल हानेपछि प्रशिक्षण सकिएको थियो।
लिभरपुलले २ पटक ट्रान्सफरको प्रस्ताब राख्दा पनि लेप्जिगले स्वीकार नगरेपछि केइटा बेखुशी भएको खबर आइरहंदा जर्मन मिडियाले यसलाई केइटाले रिस फेरेको पनि संज्ञा दिएका छन्। लिभरपुलले ६० मिलियन पाउण्डको आसपासमा प्रस्ताब गर्दा पनि क्लबले खेलाडीलाई छाड्न मानेको छैन। यसै साता लिभरपुलले अन्तिम प्रस्ताब राख्ने तयारी गरिरहेको पनि बुझिएको छ।
प्रशिक्षणका क्रममा केइटाले डिएगो डेम्मेलाई जानाजान ट्याकल हानेका थिए। त्यसको केहि समयअघि केइटालाई डेम्मेले नराम्रो ट्याकल हानेको र त्यसको बदलामा केइटाले जानेरै बल नहुँदा पनि ट्याकल हानेका थिए। त्यस ट्याकलसँगै प्रशिक्षक राल्फ हसनहट्टलले त्यस दिनको प्रशिक्षण रोकेका थिए।
डेम्मेको घुँडामा नराम्रो चोट लागेको तर शल्यक्रिया भने गर्नु नपर्ने क्लब जनाएको छ। केइटाले पनि डेम्मेसँग माफी मागिसकेको र दुवै फेरी साथी भइसकेको क्लबले बताएको छ।
तर यसले प्रशिक्षक राल्फको निर्णयमा भने ठुलो भूमिका खेल्ने जर्मन मिडियाले बताएको छ। ठुलो रकमको प्रस्ताब आइरहंदा क्लबले केइटालाई लिभरपुल पठाएर अन्य खेलाडी किन्ने सम्भवना पनि उत्तिकै छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]