default_image

8 years ago

July 25, 2017

बाप्पेलाई गरेको रियलको प्रस्ताव मोनाकोद्वारा स्वीकार

139 views

0 Bookmark

स्पेन (एजेन्सी) – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले फ्रान्सेली च्याम्पियन एएस मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई भित्र्याउन राखेको १ सय ८० मिलियन युरोको प्रस्ताव फ्रान्सेली क्लबले स्वीकारेको छ। यसअघि पल पोग्बालाई भित्र्याउन युनाइटेडले तिरेको १ सय ५ मिलियन युरोको विश्व कीर्तिमानलाई यस सम्झौताले तोड्नेछ।

प्रतिष्ठित स्पेनिस पत्रिका मार्साले जनाए अनुसार बाप्पे यसै हप्ताभित्र रियल आउने छन्। यद्दपी रियलले प्रारम्भिक रुपमा १ सय ६० मिलियन तिर्ने र बाँकी २० मिलियन भने बोनसर बप्पेको प्रदर्शनका आधारमा दिइने बुझिएको छ। यदि बाप्पेले राम्रो प्रदर्शन गर्दै गएमा उक्त बोनस रकम ३० मिलियनसम्म पुग्न सक्ने सम्भावना पनि रहेको छ। रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज, निर्देशक जोसे एन्जेल स्यान्चेज र प्रशिक्षक जिनेदिन जिदानले अमेरिकामा बसेको बैठकपछि यो निर्णय आएको हो।

मोनाकोले १ सय ९० मिलियनको माग गरेपनि रियलले १ सय ६० मिलियन मात्र दिने बताएको थियो। अल्भारो मोराटालाई ८० मिलियन युरोमा चेल्सी पुर्याएपछि बाप्पेलाई भित्र्याउने सम्भावना झन् बढेको हो। बाप्पेको आगमनसँगै रियलको ‘बिबिसी’माथि भने अझ धेरै दबाब पर्नेछ। प्रशिक्षक जिदानलाई पनि बाप्पे आएको खण्डमा टोलीलाई व्यवस्थापन गर्न निकै चुनौती बढ्नेछ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.