8 years ago
July 25, 2017
दिपेश तिमलसिना
सिंगापुर – प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले इङ्गलिस च्याम्पियन चेल्सीलाई ३-२ले पराजित गरेको छ।
खेलको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बायर्नलाई खेलमा अग्रता दिलाएका थिए। उनले बक्सबाहिरबाट गरेको प्रहारलाई गोलरक्षक थिबाउ कोर्टुवाले रोक्ने कुनै मौका पाएनन्। लगत्तै १२औं मिनेटमा थोमस मुल्लरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए। मुल्लरले २७औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै टोलीलाई ३-०को अग्रता दिलाएका थिए। मुलरले करिब २० यार्ड टाढाबाट प्रहार गरेको सट गोलरक्षकलाई बिट गरेर सिधै गोल भएको थियो। चेल्सीका लागि पहिलो हाफको अन्तिम समयमा मार्कस अलोन्सोले गोल गर्दै अग्रता घटाए। उनले रिबाउन्डमा आएको बललाई कडा प्रहर गर्दै खेललाई २ गोलको फरकमा झारेका थिए।
दोश्रो हाफमा बायर्नले थप अवसरहरु सिर्जना गरेपनि गोल गर्न भने असफल रह्यो। बायर्नका लागि हामेस रोड्रीग्वेजले निकै अवसर पाएपनि त्यसको सदुपयोग गर्न चुकेका थिए। चेल्सीले खेलको ८५औं मिनेटमा अर्को गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो। चेल्सीका लागि फरवार्ड मिसी बासुआइले सेस फाब्रेगासको क्रसलाई अल्भारो मोराटाले फ्लिक गरेर पास मिलाएपछि गोल गरेका थिए।
पछिल्लो खेलमा एसी मिलानसँग ४-०ले पराजित भएको बायर्नले चेल्सीलाई पराजित गरेको हो। बायर्नले बुधबार हुने खेलमा इन्टर मिलानको सामना गर्नेछ। यसैगरि चेल्सीले पछिल्लो खेलमा आर्सनललाई पराजित गरेको थियो।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]