8 years ago
July 26, 2017
अमेरिका (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर पिकेले क्लबका फरवार्ड नेयमारको भविष्यबारे आफु अनभिज्ञ रहेको बताएका छन्। पिकेले केहि दिन अघि सामाजिक संजालमा फोटो हाल्दै नेयमार बार्सिलोनामै बस्ने बताएका थिए। तर, अहिले उनले उक्त पोष्ट आफ्नो सुभेच्छा भएको बताएका छन्।
पिकेले पत्रकार सम्मेलनमा नेयमार बस्ने-नबस्ने पक्का अझै नभएको बताए। ‘मलाई नेयमार बस्छन वा जान्छन थाहा छैन तर मैले नेयमारसँग गरेको कुराकानी अनुसार आफैं बुझेर उक्त पोष्ट गरेको हुँ। म नेयमार क्लबमै बसुन भन्ने चाहन्छु।’
‘मैले लेखेको कुनै औपचारिक समाचार थिएन। नेयमारलाई मात्र थाहा छ उनको भविष्य के हुनेछ तर मेरो चाह भनेको उनलाई क्लबमै रहेको हेर्ने हो। मैले आफ्नो साथी र सहकर्मीका रुपमा सक्ने सल्लाह दिएको छु। मैले कुनै हालतमा पनि उनलाई यहाँभन्दा नराम्रो लिगमा जान सल्लाह दिन्न।’
बार्सिलोनाले बुधबार हुने खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। खेल नेपाली समयानुसार बिहिबार बिहान हुनेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]