default_image

8 years ago

July 26, 2017

रोनाल्डोका ठुलो समर्थक बाप्पे

131 views

0 Bookmark

मोनाको (एजेन्सी) – एएस मोनाकोका प्रतिभाशाली युवा खेलाडी किलियन बाप्पे यस सिजनको ट्रान्सफर विन्डोको सबैभन्दा ठुलो विषय बनेका छन् रियल म्याड्रिड र मोनाकोबीच बाप्पेको स्थानान्तरणको लागि विश्व कीर्तिमानी रकममा सम्झौता भएको खबर आइरहँदा बाप्पे आफैं सानो उमेरदेखि रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ठुलो समर्थक भएको खुलेको छ

बाप्पे १४ वर्षको छंदा उनको कोठाको भित्ता भरि क्रिस्टियानो रोनाल्डोको फोटोहरु देखिन्थे। ५ वर्षको अन्तरालमा बाप्पे अब तिनै रोनाल्डोसँगै मैदानमा उत्रने सम्भावना बढ्दै गएको छ। समर्थक देखि समकक्षीसम्मको ४ वर्षे यात्रा फुटबल जगतमै एक प्रेरणादायी कथा हुने फुटबल विश्लेषकहरुको बुझाई छ।

बाप्पे सानो उमेरदेखिनै रियल म्याड्रिडको समर्थक रहँदै आएका थिए उनले रोनाल्डो म्याड्रिडआएदेखि रोनाल्डोलाई पछ्याउँदै आएको र उनको धेरै तस्बिरहरु उनको कोठाको भित्ता देखि अन्य संग्रहहरु पनि रहेको बुझिएको छ बाप्पेका पिता विल्फ्रिडले पनि बाप्पे लामो समयदेखि रोनाल्डोको प्रशंसक रहँदै आएको बताएका थिए ‘उनि रियल म्याड्रिडका समर्थक हुन् र रोनाल्डोलाई आफ्नो आइडल मान्छन्। उनले सानो उमेरमा घन्टौंसम्म पनि रोनाल्डोको भिडियो हेरेको याद छ।’

रोनाल्डोका समर्थक रहेका बाप्पेलाई रियलले १ सय ६० मिलियनमा किन्ने तयारी गर्दैछ जुन रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडबाट ल्याउन तिरेको रकम भन्दा झन्डै दोब्बर बढी हो। मोनाकोको सिनियर टोलीबाट ५८ खेल खेलिसकेका बाप्पेले १६ वर्षमा डेब्यु गर्दै १७ वर्षको उमेरमै क्लबको लागि गोल गरेका थिए। उनले राष्ट्रिय टोलीबाट पनि डेब्यु गरिसकेका छन्।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.