8 years ago
July 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा लगभग सहमति भएपनि कुन प्रक्रियाबाट दिने र दोषी माथि कारवाही पनि गरिनु पर्ने आवाज उठेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको बैठक विना निष्कर्ष टुंगिएको छ ।
पहिलो चरण पार गरेपनि एन्फाको गल्तिका कारण अन्तिम चरण खेल्न नपाएको थ्री स्टारले दोषीलाई कारवाही र ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ महिना भन्दा लामो समय एन्फा कुनै निर्णयमा पुग्न सकेको छैन । बुधबारको बैठकमा थ्री स्टारलाई अन्याय परेकोमा सबै एकदम जस्तै देखिएपनि दोषीलाई समेत कारवाही गरिनु पर्ने अवाज चर्को रुपमा उठेको थियो ।
दोषी माथि कारवाही गरेपछि थ्री स्टारलाई क्षतिपूर्ति नदिदा हुन्छ भन्ने तर्क पनि बैठकमा उठेको बताइएको छ । ‘व्यापक छलफल भयो । केही विषयमा फरक मत रह्यो । थ्री स्टारको विषय बाहेक अन्य एजेन्डामा सहमति भइसकेको छ ’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले भने, ‘बैठक लामो समय चलेकोले अध्यक्षले भोली पुनः बस्ने गरि आजलाई बैठक सकिएको छ । सम्भव भोली थ्री स्टारको विषयमा टुंगाएर सबै निर्णय सार्वजनिक गर्नेछौं ।’
मनार्थ अध्यक्ष तासी घले, उपाध्यक्षद्वय किशोर राई, वीरबहादुर खड्का, सदस्यहरु बसन्त अर्याल र पंकज नेम्बाङ थ्री स्टारलाई क्षतिपूर्ति दिनुपर्नेसँगै दोषीलाई पनि कारवाही गर्नुपर्नेमा जोड दिए । खड्का संयोजक रहेको छानविन समितिले थ्री स्टारले खेल्न नपाउनुमा एन्फा महासचिव धिरेन्द्र प्रधान र वरिष्ठ अधिकृत गोकुल थापालाई मुख्य दोषी मान्दै नसियत दिनुपर्ने प्रतिवेदन बुझाएको थियो । संयोजकको नाताले जस्तो सिफरिस गरेको भएपनि उपाध्यक्षको हैसियतमा कारवाही हुनु पर्ने खड्काले जीकिर गरेका थिए ।
अर्का सदस्य प्रकाश पंगेनी, गणेश भट्टराई, किशोर राईले भने कार्यसमितिले मात्र थ्री स्टारको विषय टुंगाउन नसक्ने भएकोले साधारण सभामा लानु पर्ने विचार राखेका थिए । तर, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणी कुँवरलगायत अन्य सदस्य भने कार्यसमितिले नै सबै विषय टुंगाउनु पर्ने पक्षमा रहेको सिइओ तुलाधरले बताए । तुलाधरका अनुसार छ महिना अघि एन्फा कार्यसमितिले अध्यक्ष श्रेष्ठको नेतृत्वमा ४ जनालाई थ्री स्टारसँग वार्ता गरेकाले समितिले दिएको सुझावलाई मानेर अघि बढ्नु पर्ने बताए ।
‘अध्यक्ष, उपाध्यक्ष कुँवर, महासचिव ज्यू र म भएको समितिलाई जिम्मा दिएअनुसार हामीले थ्री स्टारसँग वार्ता गरेका थियौं ’एन्फा प्रवक्ता समेत तुलाधरले भने, ‘समितिले दिएको सुझावलाई कार्यसमितिले सम्बोधन त गर्नै पर्यो । ’वार्तामा थ्री स्टारलाई १ करोड ५० लाख रुपैयाँ दिने सहमति भएको बैठकमा जानकारी दियौं ।
लिग यसै बर्षमा गर्नु पर्ने विषयमा सबैले सहमति जनाएपनि मिति भने बैठकमा तय हुन सकेन । थ्री स्टारकै विषयले गर्दा कुनै पनि अन्य सहमति भएका विषय पनि निर्णय भएका छैनन् । एन्फा बैठक चलिरहँदा थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुणमान जोशी, अन्य पदाधिकारी र क्लबका शुभचिन्तक गरि भन्डै २५ जना एन्फा परिसर बाहिर निर्णय कुरेर बसेका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]