8 years ago
July 27, 2017
लास एन्जेलस (एजेन्सी) – प्रि सिजन अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कप (आइसीसी) अन्तर्गतको मैत्रीपूर्ण खेलमा इङ्गलिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई ४-१ले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित रहेको खेलमा सिटीले दोश्रो हाफमा ४ गोल गरेको थियो। खेलको ५२औं मिनेटमा निकोलस ओटामेन्डीले सिटिलाई सुरुवाती अग्रता दिलाएका थिए। गोलरक्षक किको कसिल्लाले कर्नरको हेडरबाट आएको बल बचाएपनि रिबाउन्डमा ओटामेन्डीले सहजै गोल गरेका थिए। सिटीले ५९औं मिनेटमा रहिम स्टरलिङको गोलमा अग्रता दोब्बर पार्यो। केभिन डे ब्रुएनले मिलाइदिएको पासमा स्टरलिङले पहिलो बारमा गोलरक्षकलाई कुनै मौका नदिई गोल गरेका थिए।
खेलको ६७औं मिनेटमा जोन स्टोन्सले सिटीलाई ३-०को स्थितिमा पुर्याएका थिए। उनले बक्सभित्र रहेर डे ब्रुएनको पासलाई पहिलो टचमै गोल गरेका थिए। सिटीले ८२औं मिनेटमा ब्राहिम डियाजको गोलसँगै खेलमा ४-०को अग्रता बनायो। डियाजले डी बक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो।
रियलका लागि ८९औं मिनेटमा ओस्कार रोड्रीग्वेजले सान्तवना गोल गरेका थिए। उनले करिब ३० यार्ड टाढाबाट गरेको प्रहर टप कर्नरमा छिरेको थियो। यससँगै रियलले प्रि सिजनको सुरुवाती दुइ खेलमा हार व्येहोरेको छ। यसअघी रियल म्यानचेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएको थियो।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]