8 years ago
July 27, 2017
वासिङटन डिसी (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले आफ्ना खेलाडी पाउल पोग्बा विश्वका उत्कृष्ट खेलाडीको सुचिमा राख्न योग्य भएको दाबी गरेका छन् । बिहीबार बिहान बार्सिलोनासँगको खेलमा पोग्बाले उच्च प्रदर्शन गरेपछि माउरिन्होको यस्तो भनाई आएको हो ।
वासिङटन डिसीमा भएको प्रि सिजन खेलमा नेयमारको गोलमा बार्सिलोनाले युनाइटेडलाई १–० लाई हराएपनि पोग्बाले आफुलाई स्तरीय रुपमा प्रस्तुत गरेका थिए । फ्रान्सेली मिडफिल्डर पोग्बालाई माउरिन्होले उत्कृष्टको श्रेणीमा राख्न मिल्ने बताए ।
यसैबीच, खेलपछि बार्सिलोनाका लियोन मेस्सीसँग जर्सी साट्ने क्रमको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । फोटोमा नेयमार पनि सँगै छन् ।
‘त्यहाँ एउटा मात्र मेस्सी र एउटा मात्र नेयमार छन् ,’ माउरिन्होले भने,‘स्वाजेर, इनियस्टा, पिके, रोनाल्डो, बेल, मोड्रिच, टोनी क्रुस यस्तै सबै खेलाडी एउटा मात्र छन् । त्यसैले उनीहरुले एउटै क्लबमा खेल्न सक्छन् । तर, हामीसँग उनीहरु छैनन्, उनी आफ्नो क्लबमा छन् ।’
‘पाउल पोग्बा मेरो एउटा त्यस्ता खेलाडी हुन्, जसले अन्य विश्वस्तरीय खेलाडीकै स्तरको प्रदर्शन गर्न सक्छन्,’ तारिफ गर्दै माउरिन्होल भने,‘त्यहाँ त्यस्ता खेलाडी छन् जो विशेष खेलाडी हुन्, त्यसमा हामीले केही गर्न सक्दैनौं । त्यस्तोमा केही फरक ढंगले खेल्ने कोशिस गर्न मात्र सकिन्छ । त्यसले सफलता पनि मिल्न सक्छ । ’
माउरिन्होको टोलीको अमेरिका यात्रा सफल मानिएको छ । पाँच मध्ये टोलीले बार्सिलोनाबाहेक सबै टोलीलाई हरायो । युनाइटेड हराएका मध्ये रियल मड्रिड र सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटी पनि छन् । तर, माउरिन्होको टोलीमा इरिक बेलीसँगै सेन्टर डिफेन्डर कसले खेल्नेछन् भनेमा अझै द्विविधा रहेको छ ।
बेलीले यो सिजन क्लबमा ३१ मिलियन युरोमा आबद्ध भएका भिक्टोर लिन्डेलोफले खेलेका छैनन् । क्रिस स्मालिङ र फिल जोन्सपनि पहिलो रोजाइका लागि प्रयासरत छन् । लिन्डेलोफसँग बेली किन खेलेनन् भन्ने प्रश्नमा माउरिन्होको जवाफ थियो,‘ मलाई लाग्छ हामीले केही दिनमा त्यसको जवाफमा पाउनेछौं । बेली च्याम्पियन्स लिगको पहिलो खेलका लागि प्रतिबन्धमा छन् । त्यसैले केही दिनमा बुझिनेछ हामीले लिन्डेलोफ र स्मालिङर्ला खेलायौं ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]