default_image

8 years ago

July 28, 2017

इन्टरले बायर्नलाई हरायो

89 views

0 Bookmark

सिंगापुर (एजेन्सी) – प्रि-सिजन अन्तर्गत जारी मैत्रीपूर्ण खेलको शृंखलामा इटालियन क्लब इन्टर मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई २-०ले पराजित गरेको छ। इन्टरको जितमा दुवै गोल फरवार्ड एडरले गरेका थिए।

खेलको आठौं मिनेटमा एडरले हेडर मार्फत गोल गर्दै टोलीला अग्रता दिलाएका थिए। उनले दायाँबाट जोनाथन बिबिईनीले गरेको क्रसमा उत्कृष्ट हेडीङ गरेका थिए। ३०औं मिनेटमा एडरले पुन: हेडरबाटै गोल गरेर इन्टरको अग्रता दोब्बर पारे। उनले बायाँबाट इभान पेरिसिचले गरेको क्रसमा गोल गरेका थिए। थप गोल हुन नसकेपछि इन्टरले जित हात पार्यो।

बायर्नले पछिल्लो खेलमा चेल्सीलाई ३-२ले पराजित गरेको थियो भने त्यसअघिका खेलमा हार व्येहोरेको थियो। एसी मिलानसँग ४-०को फराकिलो पराजय भोगेको बायर्नले त्यसअघि आर्सनलसँग पेनाल्टीमा हरेको थियो।

खेलको हाइलाइट्स:

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.