8 years ago
July 28, 2017
काठमाडौँ – नेपाली महिला फुटबलमा सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ। हुन पनि सावित्राको पछिल्लो प्रदर्शनलाई नियाल्ने हो भने उनलाई गोल मेसिन भन्दा कुनै फरक पर्दैन। हरेक खेलजसोमा उनले एक न एक गोल गरिरहेकि हुन्छिन् । नेपालको महिला फुटबलमा लामो इतिहास नभएपनि यो छोटो समयमा सधैं भारत तगारो बन्दै आएको छ। भारतलाई पछिल्लो पटक खेलेको खेलमा गोल गरेपनि सावित्राले जित दिलाउन सकीनन्। २ महिनाअघि माल्दिभ्समा पुगेर फुटसल प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी उनले राष्ट्रिय टोली सँगै एपीएफ क्लबको लागि पनि राम्रो प्रदर्शन गर्दै आएकी छिन्।
भारतलाई अहिलेसम्म हराउन नसकेको नेपालको लागि उक्त शृंखलालाई तोड्ने लक्ष्य राखेकी सावित्रा लमजुङकी हुन्। फुटबलमा रुचि भएका तर, एथ्लेटिक्सबाट खेल जीवन शुरु गरेकी उनै भण्डारीसँग हाम्रो खेलकुद डट कमले गरेको १२–२७ कुरा:
१. कहिलेबाट खेल्न शुरु गर्नुभयो ?
११/१२ वर्षको उमेरबाट एथ्लेटिक्सबाट खेल शुरु गरे। फुटबल पनि त्यो भन्दा अगाडी अलिअलि खेल्थें।
२. पहिलोपटक मेडल जित्दा कस्तो महसुस भयो ?
खुशीको सीमा नै थिएन । त्यतिबेला मैले जिल्ला लेभलबाट एथ्लेटिक्सबाट गोल्डमेडल जितेको थिए ।
३. फुटबलमा कसरी लाग्नुभयो ?
फुटबलमा सानैबाट रुचि थियो । गाउँ छिमेकमा हुने विभिन्न प्रतियोगिता खेले । मेरो खेल देखेर रेफ्री शुक्र तामाङले काठमाडौं सम्म ल्याइदिनुभयो । उहाँकै सहयोगमा अहिले यहाँसम्म छु ।
४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मुल्य ?
सामसुङ J7 एस । किन्दाको मुल्य २५ हजार।
५. कुन बाइक/स्कुटी चढ्नुहुन्छ र मुल्य ?
प्रधानसेनापति कपमा पाएको ‘रे जेड’। किन्दाको मुल्य १ लाख ९४ हजार ।
६. वार्षिक कति कमाउनु हुन्छ ?
एपीएफ र एन्फाको पारिश्रमिक गरेर त्यस्तै २ लाख ५० हजार पुग्छ होला ।
७. खेलाडी नबनेको भए के गर्नुहुन्थ्यो होला ?
पढ्थे । आर्मी बन्ने इच्छा थियो सायद आर्मीमै जान्थे होला ।
८. शैक्षिक योग्यता कति छ ?
एसएलसी पास।
९. कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लोपटक हेरेको फिल्म ?
सबै खालको फिल्म हेर्न रुचाउछु । पछिल्लोपटक हेरेको फिल्म चाँहि खगेन्द्र लामिछानेको ‘पशुपति प्रसाद’।
१०. सबैभन्दा मनपर्ने नायक र नायिका ?
नायकमा विराज भट्ट र नायिकामा निरुता सिंह।
११. सबैभन्दा मनपर्ने गायक र गायिका ?
गायकमा प्रमोद खरेल र गायिकामा अन्जु पन्त।
१२. सबैभन्दा धेरैपटक सुनेको गीत ?
विपुल क्षेत्रीको तिमी जाने सिलगुढी एकदम धेरैपटक सुनेको छु । अहिले पनि सुनिरहन्छु ।
१३. सिंगल हुनुहुन्छ ?
सिंगल नै छु ।
१४. पुस्तक कत्तिको पढ्नुहुन्छ र पछिल्लोपटक पढेको पुस्तक ?
खासै धेरै पढ्दिन । पछिल्लो पटक पढेको पुस्तक सुबिन भट्टराईको ‘समर लभ’।
१५. अहिलेसम्म कति देश घुम्नु भयो ?
चार देश घुमेको छु । मनपरेको देश चाँहि मलेसिया।
१६. नेपालमा सबैभन्दा मनपर्ने ठाँउ ?
पोखरा।
१७. सबैभन्दा मनपर्ने खाने कुरा ?
भुईंकटहर अत्ति मनपर्छ।
१८. खाना बनाउनुहुन्छ ? आँफैले बनाएको सबैभन्दा मिठो के लाग्छ ?
बनाँउछु । च्याउको तरकारी एकदम मिठो बनाउछु ।
१९. सामाजिक सञ्जाल कत्तिको चलाउनुहुन्छ ? प्रेम प्रस्ताव कत्तिको आउछ ?
फुर्सद हुने बित्तिकै चलाउछु । हाहाहा….. (लामो सुस्केरासहित) प्रेम प्रस्ताव आएको छैन।
२०. पहिलो कमाई के गर्नुभयो ?
सुरुमा कमाएको २१ हजार रुपैयाँ बुवा ममीलाई दिए ।
२१. खेल जीवनमा सबैभन्दा खुशी भएको क्षण ?
सन् २०१६ मा भारतमै भएको महिला साफको सेमिफाइनलमा भारतसँग पराजित भएपनि गोल गर्दाको क्षण ।
२२. फुर्सदको समयमा के गर्नुहुन्छ ?
सामाजिक सञ्जालमा रम्छु ।
२३. आफुले चाहेर पनि गर्न नसकेको काम ?
भारतलाई अहिलेसम्म चाहेर पनि हराउन सकेको छैन । त्यही नै म आफुले गर्न नसकेको काम जस्तो लाग्छ ।
२४. राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथी र माथि आउन सक्ने खेलाडी ?
मिल्ने साथी अनिता बस्नेत। पछिल्लो पुस्ताका सरु लिम्बु र मञ्जली योन्जन माथि आउन सक्ने प्रतिभावान खेलाडी हुन् ।
२५. सबैभन्दा मनपर्ने अन्तर्राष्ट्रिय खेलाडी ?
क्रिष्टियानो रोनाल्डोको एकदम ठुलो समर्थक हुँ, उनको खेल सकेसम्म छुटाउँदिन। महिलामा युएसएकि कार्ली लोइड मनपर्छ।
२६. नेपालको खेलकुदको स्तर के गरेर बढ्ला ?
सबैभन्दा पहिले त पर्याप्त मात्रामा भौतिक पूर्वाधार हुनुपर्यो। त्यसपछि धेरै भन्दा धेरै प्रतियोगिता, मैत्रीपुर्ण खेल र नियमित प्रशिक्षण भए नेपाली खेलको स्तर अवस्य माथि बढ्न सक्छ ।
२७. आफ्नो शुभेच्छुकलाई के भन्न चहानुहुन्छ ?
अहिलेसम्म साथ र सहयोग पाएको छु । रिजल्ट राम्रो आउदा मात्र हैन नेगेटिभ रिजल्ट आउँदा पनि साथ दिनुहुन अनुरोध छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]