default_image

8 years ago

July 29, 2017

नेयमार यसै साता पिएसजी जाने

99 views

0 Bookmark

माएमी (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड नेयमार यसै साता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जाने भएका छन्। यस सिजनको ट्रान्सफर विन्डो सुरु भएदेखिनै चर्चामा रहेको नेयमारको भविष्य केहि दिनमै निश्चित हुने छ।

बार्सिलोनासँग अमेरिकामा प्रि सिजनको प्रशिक्षण एवं मैत्रीपूर्ण खेलमा सहभागी भइरहेका नेयमारको शुक्रबार भएको प्रशिक्षणको झगडाले उनको बार्सामै बस्ने केहि अाशा पनि टुंगिएको हो। बार्सिलोनाको अमेरिका भ्रमण सकिएसँगै नेयमार आफु भने चिन प्रस्थान गर्दैछन्। बार्सिलोनाका अन्य सदस्य भने क्लबमै फर्कने कार्यक्रम रहेको छ।

नेयमार र उनका बुबा पिएसजीका कतारी मालिक र त्यहाँका स्पोर्टस डाइरेक्टर एटेरो हेरिक्वेसँग सुरुवाको विषयलाई लिएर सम्पर्कमा रहेको बताइएको छ । श्रोतका अनुसार ब्राजिलयन नेयमार चीनबाट सोझै पिएसजीको प्रशिक्षणमा सामेल हुने अपेक्षा गरिएको छ । यद्दपी चीन भ्रमणसम्म पनि उनले कुनै घोषणा नगर्ने अनुमान गरिएको छ ।

नेयमारलाई भित्र्याउन पिएसजीले २ सय २२ मिलियन युरोको रिलिज क्लज तिर्ने भएको छ। यद्दपी उक्त सम्झौतामा खेलाडीलाई समावेश गरिनो सम्भावना पनि बढ्दो छ। बार्सिलोनाले पिएसजीबाट मार्को भेर्राट्टिलाई ल्याउने चाह देखाएपनि नेयमार फ्रान्स लागेपछि एन्जल डि मारीयाको सम्भावनै बढेको छ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.