8 years ago
July 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत शनिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले आफूभन्दा माथि रहेको टोली पर्सिजा भायांकारा सुरबयालाई १-०ले पराजित गरेको छ। अंक तालिकाको तेश्रो स्थानमा रहेको टोलीलाई पराजित गर्दै रोहितको टोली पाँचौ स्थानमा पुगेको छ।
पर्सिजाका लागि खेलको दोश्रो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा ब्रुनो लोपेसले गोल गरेका थिए। खेलको वार्म अपका दौरान घाइते भएपछि रोहितले खेलमा सहभागिता जनाएनन्। यद्दपी उनको नाम पहिलो रोजाइमा रहेको थियो। उनको स्थानमा हर्गीयान्तोले खेलेपनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेन। उनलाई प्रशिक्षक टेकोले ५६औं मिनेटमा परिवर्तन गरेका थिए।
रोहितको अनुपस्थितिमा टोलीको प्रदर्शन खस्किएको समर्थकहरुले सामाजीक संजालमार्फत पनि आफ्नो राय दिएका छन्। पर्सिजाले १७ खेलमा ७ जित, ३ हार र ७ बराबरीसँगै २८ अंक जोडेको छ।
रोहितको चोटको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]