8 years ago
July 30, 2017
मायमी (एजेन्सी) – प्रि सिजनको प्रशिक्षणमा अमेरिकामा रहेका स्पेनिस महारथीबीच भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ले हराएको छ। २ गोलले पछि पारेको स्थितिबाट फर्किए पनि बार्साले पुन गोल गरेपछि म्याड्रिडको हार पक्का भएको थियो।
पहिलो हाफको अन्त्यसम्म दुवै स्कोर २-२को अवस्थामा पनि दोश्रो हाफको सुरुवातमै बार्साले निर्णायक अग्रता लिएको थियो। खेलको चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए। त्यसको ३ मिनेट नबित्दै इभान राकीटिचले डी-बक्स को ठिक भित्रबाट गोल गर्दै बार्साको अग्रता दोब्बर पारे। तर १४औं मिनेटमा मटियो कोभाचिचले बक्स बाहिरबाट गरेको प्रहार गोल भएपछि रियलले खेलमा फर्कने आशा देखाएको थियो।
३६औं मिनेटमा मार्को एसेन्सियोले सुरु गरेको काउन्टर अट्याकमा कोभाचिचले साथ् दिएपछि एसेन्सियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। पिएसजी जाने हल्ला चलेपनि नेयमार आजको खेलमा सुरुवाती एघारमा परेका थिए।
दोश्रो हाफको सुरुवातमा जेरार्ड पिकेले नेयमारको फ्रिकिकमा गोल गरेपछि बार्साले खेलमा पुन: अग्रता लिएको थियो। ६४औं मिनेटमा ग्यारेथ बेलको प्रहारलाई गोलरक्षक जास्पर सिल्लेसनले बचाउँदै खेलमा अग्रता कायम राखे। खेलमा थप गोल हुन् नसकेपछि बार्साले जित हात पारेको हो।
रियल र बार्सिलोनाले सिजनको सुरुवातमा हुने स्पेनिस सुपर कपमा पनि एकआपसमा भिड्नेछन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]