default_image

8 years ago

July 30, 2017

जगजितको क्लबको सानदार जित

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावाडिङ सिटी एफसीले आइतबार सानदार जित हासिल गरेको छ ।

जगजित श्रेष्ठ । फाइल तस्बिर

एनपिएल २ भिक्टोरियामा पहिलो हाफ १–१ को बराबरी भएपनि दोस्रो हाफमा ३ गोल थपेपछि नुनावाडिङले मेलबर्न सिटीलाई ४–१ ले हराएको छ ।

मिच कुपरले खेलमा ह्याट्रिक गरेका थिए । सबै प्रतियोगितामा गरि यो सिजन मिचको २१ गोल पुगेको छ । अघिल्लो साता नुनावाडिङ ३–२ ले पराजित भएको थियो ।

जगजित नुनावाडिङ पुगेयता टोलीको आठौं खेल हो । जसमध्ये ४ खेल जितेको नुनावडिङले १ मा बराबरी र बाँकी ३ खेलमा हार बेहोरेको छ । २० टोलीको सहभागिता रहेको एनपिएल २ को २५ खेलपनि नुनावडिङको २८ अंक पुगेको छ ।

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.