default_image

8 years ago

July 31, 2017

मोउरिन्हो रोज्दै चेल्सीका म्याटिच म्यानचेस्टर पुगे

148 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रशिक्षक जोसे मोउरिन्होले मिडफिल्डर नेमान्जा म्याटिचलाई चेल्सीबाट म्यानचेस्टर युनाइटेडमा भित्र्याएका छन्। सर्बियाको राष्ट्रिय टोलीका नियमित सदस्य रहेका म्याटिचलाई क्लबमा अनुबन्धन गर्न युनाइटेडले ४० मिलियन पाउण्ड खर्चेको हो।

२८ वर्षीय म्याटिच मोउरिन्होले यस ट्रान्सफर विन्डोमा भित्र्याएका तेश्रा खेलाडी हुन् यसअघी युनाइटेडले बेन्फिकाबाट भिक्टर लिन्डेलफलाई ३१ मिलियन पाउण्ड र एभर्टनबाट रोमेलु लुकाकुलाई ७५ मिलियन पाउण्ड तिरेर क्लबमा ल्याएको थियो म्याटिचले क्लबमा ३ वर्षको लागि सम्झौता गरेका छन्। उनले यसअघि बास्टियान स्वाइन्सटाइगरले प्रयोग गरेको ३१ नम्बरको जर्सी प्रयोग गर्नेछन्।

प्रशिक्षक जोसे मोउरिन्होले म्याटिचलाई टोलीका लागि डटेर खेल्ने खेलाडी रहेको बताए ‘म्याटिच एक टिमका लागि खेल्ने खेलाडी हुन् उनिसँग एक फुटबलरमा हुनुपर्ने सम्पूर्ण गुणहरु छन्

म्याटिचले पनि म्यानचेस्टरमा आउन पाउँदा निकै उत्साहित रहेको बताए। ‘जोसे मोउरिन्हो जस्तो प्रशिक्षकसँग फेरी काम गर्न पाउनु निकै ठुलो अवसर हो, मैले यसलाई नकार्न सकिन म युनाइटेडको आगामी सिजनलाई लिएर निकै उत्साहित छु

‘मेरो चेल्सीमा रहँदाको समय निकै रमाइलो रह्यो र म उक्त क्लब र समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु अब म नयाँ क्लब र समकक्षीसँग रहेर नयाँ यात्रा तय गर्न पूर्ण रुपमा तत्पर छु

मोउरिन्होले म्याटिचलाई दोश्रोपटक अनुबन्धन गरेका हुन् यसअघी चेल्सीमा रहँदा सन् २०१४मा मोउरिन्होले बेन्फिकाबाट २१ मिलियन पाउण्डमा म्याटिचलाई इङ्गल्याण्ड ल्याएका थिए २००९मा चेल्सी आएका म्याटिच २०११मा डेबिड लुइज चेल्सी आउँदा बेन्फिका पुगेका थिए

गत सिजन प्रिमियर लिगका ३५ खेल खेलेका म्याटिचले १ गोल गरेका थिए उनले एफए कपको सेमिफाइनल खेलमा पनि महत्त्वपूर्ण गोल गरेका थिए। चेल्सीमा २२ वर्षीय मिडफिल्डर टिएमो बाकायोको आएसँगै म्याटिचको क्लबबाट बाहिर जाने हल्ला सुनिएको थियो। युभेन्टसले म्याटिचलाई भित्र्याउने प्रयास गरेपनि उनले मोउरिन्होलाई रोजेका थिए।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.