8 years ago
August 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – प्रशिक्षक ग्योतोकु कोजीले आगामी अगष्टको दोश्रो साता जापान जाने २४ खेलाडी सम्मिलित नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन्। पछिल्लो पटक यमनसँगको खेलमा सहभागिता जनाएका खेलाडी अधिकांश खेलाडी टोलीमा समेटिएका छन्।
आगामी सेप्टेम्बर ५ तारिखमा हुने ताजिकिस्तान विरुद्धको एएफसी एसियन कपको छनोट चरणको खेलका लागि नेपाली टोली प्रशिक्षण एवं अभ्यास खेल खेल्न जापान प्रस्थान गर्न लागेको हो। नेपाली टोली अगष्ट ११ तारिखमा जापान प्रस्थान गर्नेछ। नेपाली टोलीले जापानमा रहेर ५ खेल खेल्ने कार्यक्रम रहेको छ।
पूर्ण नेपाली टोली:
गोलरक्षक: विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने
डिफेन्डर: बिराज महर्जन, अनन्त तामाङ, बिमल बस्ने,देबेन्द्र तामाङ,जितेन्द्र कार्की, कमल श्रेष्ठ, दिनेश राजवंशी
मिडफिल्डर: राजेन्द्र रावल, मान बहादुर तामाङ, विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बल
फरवार्ड: अनिल गुरुङ, भरत खवास,विमल घर्ती मगर, नवयुग श्रेष्ठ, सुमन लामा
प्रशिक्षण टोली:
ग्योतोकु कोजी – प्रमुख प्रशिक्षक
राजु काजी शाक्य – प्रशिक्षक
उज्ज्वल मानन्धर – गोलरक्षक प्रशिक्षक
विराट जङ्ग शाही – टिम व्यवस्थापक
डा. राजु डंगोल – टोली डाक्टर
रोशन तुलाधर – दोभाषे
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]