10 years ago
November 24, 2015
फिफा द्वारा कारवाहीमा परेका गणेश थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जिम्मेवारीबाट मुक्त गर्न अखिल नेपाल फुटबल संघलाई आदेश दिएको छ ।
चुनाउको क्रममा भ्रष्टाचार गरेको भन्दै १० वर्ष प्रतिबन्ध र २०,००० स्विस फ्रैंक जरिवाना परेका थापा लाई राखेपा ले जिम्मेवारीबाट मुक्त गर्न मंगलबार आदेश दिएको हो ।
त्यस्तै राखेपले नेरेन्द्र श्रेष्ठलाई कार्यवहाक अध्यक्ष मनोनित गरेको बैठकको निर्णय तीन दिन भित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
एसियली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलसँगको भेटपछि युवा तथा खेलकुद मन्त्री सन्यनारायण मन्डल, राखेप सदस्य सचिव केशवकुमार विष्टले एक महिना भित्र छानविन गरि प्रतिवेदन बुझाउने गरि समिति गठन गर्ने सहमति जनाएका थिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]