10 years ago
December 2, 2015
अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफाले कारवाही गरेका एन्फा अध्यक्षलाई एन्फाले तत्काल कारवाही नगर्ने बताएका छन्|
एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले थापाको कारवाहीको प्रक्रिया पुरा भैनसकेको र अपिल गर्ने विकल्प खुलै रहेको बताए| तर यदि अपिल गरेको अवस्थामा थापाको विपक्षमा निर्णय आए थापा आफैंले राजिनामा दिनेमा आफु विश्वोश्त रहेको र यदी त्यसो नभएमा संघले आफैं उनलाई बर्खास्त गर्ने जानकारी दिए|
यससंगै उनले आफ्नो नियुक्तिलाई लिएर कुनैपनि विवाद सहि नभएको स्पष्टोक्ति दिए| “फिफा र ए.एफ.सी. बाट मेरो नियुक्तिको पूर्ण समर्थन छ| मलाई आशा छ मन्त्रालय र परिषदबाट पनि सोहि किसिमको सहयोग पाउनेछु| हामी अहिले कठिन मोडमा छौं र मेरो अनुभव र सबैको साथले हामी यसबाट माथि उठ्ने कुरामा विश्वोश्त छु”, श्रेष्ठले भने| विरोधी खेमामा रहेका उपाध्यक्ष तृय लगायतका समुहले उठाएका धेरैजसो समस्या सुल्झिसकेकोले उनले फुटबलको विकासमा लाग्नेका लागि एन्फाको धोका खुल्लै रहेको पनि बताए| “उहाँहरुलाई हामीले पहिलेदेखि स्वागत नै गरेका थियौं, हामीले सबै कदम विधान अनुसार चलेका थियौं र उहाँहरु पनि सोहि विधान अन्तर्गत निर्वाचित हुनुभएको हो| आफैं विधान मिचेर हाम्रो विरुद्धमा लाग्नुको कुनै तुक छैन|”, उनले भने|
यससंगै श्रेष्ठको नेतृत्वमा कार्यसमितिको पहिलो बैठक पनि आज एन्फामा बसेको थियो| उक्त बैठकले पारित गरेको केहि निर्णयहरु तल छन्:
१. बैंक चेकमा का.वा. अध्यक्ष श्रेष्ठको सहि चलाउने
२. आगामी फेब्रुअरी २६मा हुने फिफाको कंग्रेसमा एएफसी अध्यक्ष सेख सलमानलाई समर्थन गर्ने
३. २०१६को एएफसी महिला यु-१४ फुटबल प्रतियोगितामा सहभागिता जनाउने र साथसाथै आयोजनको लागि पहल गर्ने|
४. भूकम्पका कारण स्थगित यु-१४ महिला फुटबल प्रतियोगिताको फाइनल खेल डिसेम्बर २०मा खेलिने|
यसबाहेक साफका लागि प्रशिक्षणरत राष्ट्रिय टोलीको तयारीको चुस्त व्यवास्थापनको विषयमा पनि छलफल गरिएको थियो|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]