10 years ago
December 9, 2015
भारतको केरालास्थित त्रिवेन्द्रम रंगशालामा हुने साफ च्याम्पियनशिप २०१५को तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीमा अहिले २७ खेलाडी प्रशिक्षणरत छन्|
२७ खेलाडी बाँकी रहेपनि ३ जना खेलाडी भने चोटका कारण नखेल्ने लगभग पक्का भइसकेको छ| सुरुवातमा ३९ खेलाडी बोलाइएको प्रशिक्षणमा चार खेलाडी अनुपस्थित रहेका थिए| करिब तिन हप्ताको प्रशिक्षण पश्चात २७ खेलाडीमा झारिएको टोलीका तिन महत्वपूर्ण खेलाडीहरु चोटका कारण साफमा सहभागी नहुने पक्का भइसकेको छ| अर्को हप्ता अन्तिम बिस खेलाडीको छनोट हुने बेलामा यी खेलाडीहरुको उपस्थिति नहुने पक्का हुनेछ|
राष्ट्रिय टोलीका भरपर्दा फरवार्ड भारत खवास घुँडाको चोटका कारण साफमा हुने छैनन् भने मिडफिल्डर शिव श्रेष्ठ पनि घुँडाकै चोटले बाहिरिएका हुन्| राष्ट्रिय लिगमा उत्कृष्ट डिफेन्डरको उपाधि पाएका देवेन्द्र तामाङ्ग तिघ्राको चोटका कारण बाहिरिएका हुन्| अब बाँकी २४ खेलाडीमध्य २० खेलाडीमात्र साफका लागि छनोट हुनेछन|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]