10 years ago
December 10, 2015
नेपाली राष्ट्रिय फुटबल टोलीको साफ च्याम्पियनशिपको तयारीको व्यवस्थापनप्रति मुख्य प्रशिक्षक प्याट्रिक ओजेम्स निराश देखिएका छन्|
आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत अभिव्यक्ति व्यक्त गर्दै ओजेम्सले प्रशिक्षणको व्यवस्थापन एकदमै कम्जोर भएको जनाएका छन्| उनले हाल भइरहेको तयारीलाई राष्ट्रिय टोलीको लागि अयोग्य भएको बताएका छन्| प्रतियोगिता आउन तेह्र दिनमात्र बाँकी हुँदापनि हालसम्म राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा राखिएको छैन| प्रशिक्षक ओजेम्सले बन्द प्रशिक्षण नराखेकोमा आफु दुखित भएको औंल्याएका छन्|
युवा र अन्तराष्ट्रिय जगतमा कम अनुभव भएको टोलीले अहिलेसम्म कुनै तयारी खेल खेलेको छैन| गत संस्करणको तुलनामा यो तयारी एकदम फितलो रहेको छ| विगतका समयमा विदेशमा केहि मैत्रीपूर्ण खेल खेलिदै आएकोमा यो पाली कुनै खेल भएको छैन| ओजेम्सले कुनै पनि मैत्रीपुर्ण खेल नभएको कुरामा पनि दुख व्येक्त गरेका छन्|
यस्तो अवस्थामा पनि खेलाडीहरु आफ्नो पुरा प्रयास गरिरहेको बताए| उनिखेलाडीहरुले प्रशिक्षणको क्रममा खेलाडी हरुले गरेको मेहेनत देखेर एकदम खुसि रहेको बताए| युवा टोली भएको र सबै एकदम मेहेनती भएकोले यस टोलीले आउँदा दिनमा पनि धेरै राम्रो नतिजा ल्याउने आशा गरिएको छ|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]