10 years ago
December 14, 2015
दिपेन्द्र पोखरेल काठमाडौं,
राष्ट्यि टोलीको कप्तान नियुक्त हुनुलाई खेल जीवनको गर्व क्षण भएको उल्लेख गर्दै स्टाइकर अनिल गुरुडले यसलाई जिम्मेवारी थपिएको रुपमा लिएको बताएका छन् ।
पूर्व कप्तान सागर थापा, सन्दीप राई, गोलकिपर रितेश थापालगायत पाँच खेलाडी म्याक्स फिसिक्डमा आरोपमा आजिवन प्रतिबन्धमा परेपछि अनिलले टोलीको नयाँ कप्तानका रुपमा जिम्मेवारी पाएका हुन् ।
उनले कप्तानको जिम्मेवारी पाउनेमा आफु आशावादी रहेको जनाउँदै भने, टोलीमा सिनियर खेलाडीका हिसाबले पनि जिम्मेवारी पाउछु भन्ने अपेक्षा थियो । उनले यो घडिमा आफुले फुटबल सिकेको पोखराको सहारा एकेडेमी र परिवारलाई धन्यवाद दिन चाहेको बताए ।
“मेरो परिवार र सहारा एकेडेमीको मेरो खेल जीवनमा ठूलो भूमिका छ । मैले फुटबलमा देश भित्र र विदेशको फुटबलको समेत अनुभव बटुल्ने अवसर पाए, त्यसको सुरुआत परिवार र सहाराबाट भएको थियो । उहाँहरु मेरो खेल जीवनको अभिन्न अंग जस्तै हो । ”
तीन सिनियर खेलाडी म्याच फिक्सडमा पर्नु र अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापामाथि फिफाले १० बर्षे प्रतिबन्ध र जरिवाना तोक्दा त्यसको असर नेपाली फुटबलमा परेको स्वीकार गर्दै अनिलले भने, “त्यो नेपाली फुटबलका लागि दुःखत घटना हो । त्यसले फुटबलको लोकप्रियतामा केही कमी पक्कै पाएको छ । तर, जस्तै परिस्थितिमा पनि फुटबल प्रेमीले नेपाली टोलीलाई साथ दिएका छन्। कप्तानका नाताले नेपाली जनताको साथ पाउनेमा आशावादी मात्र होइन, विश्वस्त पनि छु ।”
साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको खण्डमा फुटबल प्रतिको विश्वास पुनः फर्केनमा समेत अनिल विश्वस्त छन् । “हरेक फुटबल टोलीको जीवनमा उतारचढाव हुन्छ, हामी पनि अहिले केही कमजोर अवस्थामा पक्कै छौं, उनले थपे, तर यस्तो अवस्थाबाट हामीले माथि उठ्न पर्छ । त्यसका लागि साफ च्याम्पियनसिप एउटा माध्यम हो । त्यसकारण पनि हामी साफ च्याम्पियनसिप जित्न हर सम्भव प्रयास गर्नेछौं ।”
टोलीमा नयाँ खेलाडीको आगमनले उत्साह बढेको जनाउँदै २९ बर्षे मनाडका समेत कप्तान रहेका अनिलले भने, “हामीले ती नयाँ खेलाडीलाई म्याच एक्सपिरियन्स दिन सकेको भए, अझै राम्रो हुन्थ्यो । क्रित्तिम मैदानमा मात्र अभ्यास गरिरहेका छौ। प्राकृति मैदानमा अभ्यास गरेर उनीहरुलाई अभ्यस्त पार्न पाएको भए राम्रो हुन सक्थ्यो । तर, अब हामीसँग धेरै विकल्प छैन, जुन अवस्थामा छौं यो सात, दश जितमा सक्दो राम्रो अभ्यास गरेर साफ च्याम्प्यिनसिप जित्नुछ ।”
कप्तान हुनु र एउटा खेलाडीमात्र हुनुमा स्वभाविक रुपमा अन्तर देख्ने उनले अगाडी भने, “पहिला आफ्नो खेलको मात्र ध्यान दिए पुग्थ्यो अब , पुरा टोलीको बारेमा सोच्नुपर्छ र पुरा टोलीलाई एक ढिक्का बनाएर सफलता हासिल गर्नुपर्छ ।”
सन् २००७ मा राष्ट्यि टोलीबा डेब्यू गरेयता ४३ क्याप जितिसकेको अनिलको अन्तर्राष्ट्यि गोलसंख्या ९ छ। जुन नेपालीको कुनै पनि खेलाडीको उच्च अन्तर्राष्ट्यि गोलभन्दा ४ गोल कम हो । नेपालका लागि सबैभन्दा बढी गोल पूर्व स्टाइरद्धय हरि खड्का र निराजन रायमाझीले समान १३ गोल गरेका छन् ।
आफुले गोल गर्नुभन्दा पनि टोलीको सफलता महत्व्पूर्ण हुने अनिलले बताए । खेलाडीका नाताले सबैले राम्रो खेल्नुपर्छ, खेल्ने प्रयास गर्नुपर्छ, उनले भने, “अब एउटा कप्तानका नाताले मैले गोल गर्नु भन्दा पनि टोलीले जित्नु महत्वपूर्ण हुनेछ । अबका दिनमा मेरो लागि त्यहिनै प्राथमिकता हो । सँगै म आफै गोल गर्न पनि मेहनत गर्नेछु ।”
पछिल्ला ९ अन्तर्राष्ट्यि खेलमा नेपालले गोल गर्न नसकेका कारण अनिलसहित टोलीका स्टाइकरको आलोचना पनि हुदै आएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]