default_image

10 years ago

December 17, 2015

बाङ्लादेश बिरुद्ध नेपाल पराजित

168 views

0 Bookmark

लगातार १० खेल मा गोल गर्न असमर्थ

अघिल्लो साफमा भारत बिरुद्ध गोल गरे लगतै कुनै गोल गर्न नसकेको नेपाल पूर्ण गोल गर्न चुक्दा बाङ्लादेश बिरुद्धको मैत्रीपूर्ण खेलमा १-० को हार बेवोरेको छ  ।

साफको तयारी स्वरुप खेलिएको खेलमा हेमन गुरुङ , नबिन लामा र योगेश गुरुङले राष्ट्रिय टोलीबाट पहिलो खेल खेले । प्रशिक्षक ओजेम्सले किरणलाई विश्राम गराउदै बिकेस कुथुलाई सुरुवाती ११मा राखे ।

Bangladesh vs Nepal: Starting Pic

रातो जर्सीमा मैदानम उत्रेको नेपालले सुरुवातमा आक्रमक फुटबल खेल्यो । १० मिनेटमा अन्जन बिष्टलाई फल गरे पस्च्यात पाएको फृ-किक हेमन गुरुङले सिधै गोल कीपरलाई प्रहार गरे ।

सधा झै नेपालको मिड-फिल्ड बलियै देखिए पनि फोर्वार्डबाट केहि मौका सिर्जना हुन भने सकेन । सीमित आक्रमण गरे पनि बाङ्लादेशले १८ मिनेटमा साखवत रोनीको प्रयासमा गोल गर्दै खेलमा अग्रता लिन सफल भयो ।

प्रत्योतरमा २५ औ मिनेटमा अन्जन बिष्टले दुइ डिफेन्सलाई बिट गर्दै राम्रो प्रयास गरे तर गोल गर्न भने चुके । नेपालको सम्पूर्ण प्रयास बिफल भए पछी पहिलो हाल्फ १-० अन्त्य भयो ।

दोस्रो हाल्फमा खेलमा फर्किने हिसाबले बिमल, रोहित, किरण र नवयुगले अनिल, बिशाल, बिकेस र नबिनलाई परिवर्तन गर्दै मैदान प्रबेश गरे । अनिल बाहिरए पछी बिराज महर्जनले आर्म ब्याण्ड अंगाले ।

५४ औ मिनेटमा बाङ्लादेशले अग्रता दोब्बर गर्‍यो तर अफसाइड भएको कारण गोल स्वीकार भएन ।

दोस्रो हाल्फमा प्रवेश गरेका रोहित चन्दको ६१औ मिनेटको प्रहारले जालीलाई बहिरबाट छोएर बहिरिए पछी नेपाल खेलमा फर्किनबाट चुक्यो तर प्रयास भने सिमित रहेन । ३ मिनेट पछी बिमलको क्रसमा रोहित चन्दले गरेको हेडर केहि इन्चबाटमात्र बाहिरियो  ।

खेलमा फर्कन आतुर नेपाली टोलीलाई ७५औ मिनेटमा भागयले साथ नदिदा रोहित चन्दले गरेको ससक्त प्रहार पोलमा लागेर बाहिरियो । पहिलो हाल्फमा पछी परेको नेपालले अन्त्य सम्म कुनै गोल गर्न नसक्दा नतिजा आफु तिरा पल्टयाउन सकेन ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.