10 years ago
December 24, 2015
नेपाल र बिच हिजो साफ सुजुकी कप को पहिलो खेल म्याच ओफिसिएल का कारण झुकिने जर्सी लगाउन दुइ टोली बाध्य भएको खुल्न आएको छ ।
फुटबलमा जर्शी जुदेर दोस्रो हाल्फमा जर्सीको रङ नै परिवर्तन गरेको देख्न बिरलै पाइएला । यही कुरा हिजो नेपाल र श्रीलंका बिचको खेलमा देखियो ।
नेपाल रातो र श्रीलंका कलेजी रंगको जर्सीमा उत्रदा दर्शक झुक्किरहेका थिए । दोस्रो हाफमा भने नेपाली टोली निलो जर्सीमा मैदान प्रवेश गरेको हो ।
खेलको अघिल्लो दिन हुने मेनेजरर्स मिटिङमा कुन टोलीले कुन जर्सी लगाउने निर्णय हुन्छ । त्यति बेला ध्यान पुर्याउन नसक्दा नेपाल र श्रीलंकाबीचको खेलमा पहिलो हाफ खेलाडी चिन्न हम्मे हम्मे परेको थियो ।
हुन त खेल अघी भएको मिटिङमा यस कुराको निर्णय नभएको भने चाही हैन । म्याच कमिस्नर चुअंग चिन फ्यान र रेफ्री एसेसर अव्नी अब्देल क रिम सैद हस्सोउनेले म्यानेजर मिटिङमा नै नेपालले रातो र श्रीलंका कलेजी रंगको जर्सी लगाउने निर्णय गरे ।
नेपाल राष्ट्रिय टोलिका म्यानेजर रमेश रायमाझीको अनुसार , दुबै टोलीको म्यनेजरले जर्सी जुध्ने भन्दै परिवर्तन गर्न अनुरोध त गरे तर त्यो अनुरोधलाई बेवास्ता गर्दा हिजो भएको खेलमा त्यस्तो देखिन पुग्यो । “हामीले जर्सी जुध्ने भनेर परिवर्तन गर्न अनुरोध गर्यौँ , तर म्याच कमिस्नर रेफ्री एसेसरले हाम्रो कुरा सुनेनन” , उनले भने ।
नेपाल र श्रीलंका दुबैको अनुरोध नमानी जर्सी नजुध्ने भन्ने जिकिर गर्दै उस्तै जर्सीमा खेलाउन ओफिसीएलले बाध्य पारेका हुन ।
पहिलो हाल्फको अन्त्य सम्म केवल समर्थक मात्र नभएर खेलाडी आफैलाई पनि मुस्किल परेकोले गर्दा नेपाली प्रशिक्षक ओजेम्सको अनुरोधमा टिम म्यानेजर रमेश रायमाझीले रेफ्रीलाई गरेको निवेदनमा, श्रीलंकाले जर्सी परिवर्तन गर्न अस्विकार गरे पछी नेपाल दोस्रो हाल्फमा माथी निलो सर्ट र तल रातो हाल्फमा उत्रेको हो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]