10 years ago
December 26, 2015
काठमाडौं – साफ च्यामपिएनसिपका लागि भारत पुगे देखिनै विभिन्न समस्याबाट गुज्रेको नेपाली जुझिरहेको टोलीलाई अर्को समस्या थपिएको छ ।
कमजोर व्यवस्थापनका कारण टोलीले तेस्रो पटक होटल सर्नुपरेको छ । पछिल्लो पटक शनिबार सर्दा नेपाली टोलीका खेलाडी र अफिसियल अलग अलग होटलमा बस्नु परेको श्रोतले जनायो ।
बंगलादेशबाट पुस २ मा भारतको त्रिवेन्द्रम पुगेदेखि नै टोलीले समस्या भोग्दै आएको छ । अर्को दिन त्यहाँबाट झन्डै १ घन्टाको बस यात्रामा राखिएको टोलीलाई शनिबार सारिएको हो ।त्यहाँबाट प्रशिक्षणका लागि कठिन भएको गुनासो नेपाली टोलीले गरेपनि पुनः होटल खेलाडीलाई सारिउको हो ।
प्रतियोगिताको नियमानुसार खेलाडीलाई १० कोठा (२ जनाका दरले) , ७ अफिसियल र मेडिकल टिमलाई होटल व्यवस्था गर्नुपर्नेछ । अहिले नेपाली टोलीलाई किङ्सवे, उदय समुन्द्र, होटल लिला र ताज गरि चार ठाँउमा राखिएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले आइतबार आयोजक भारतको सामना गर्दैछ । श्रीलंकासँग पहिलो खेल १–० ले गुमाइसकेको नेपालले सेमिफाइनल पुग्न अन्तिम खेल जित्दै पर्ने बाध्यता छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]