default_image

10 years ago

December 26, 2015

साफ च्याम्पियनसिप – नेपाललाई अन्तिम मौका

171 views

0 Bookmark

नेपालले आइतबार साँझ भारतसँग साफ च्याम्पियसिपको समूह चरणको अन्तिम खेल खेल्दैल्छ ।

received_1102009733150734

दिपेश तिमल्सिना
काठमाडौं – भारतमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्न समूह चरणको अन्तिम खेलमा नेपालसँग जित बाहेकको विकल्प बाँकी छैन । श्रीलंकासँग पहिलो खेल १–० ले गुमाइसकेको अवस्थामा नेपालले आइतबार आयोजक भारतसँगको खेल जित्नै पर्ने बाध्यता छ । जितबाहेकको नजिताबाट टोली प्रतियोगिताबाटै बाहिरिनेछ ।
प्रतियोगिताको मुख्य दाबेदार मध्येको एक र पाँच पटकको विजेता रहि सकेको भारतले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० ले हराइसकेको छ । नेपाल पनि भारतको लागि खास ठूलो प्रतिद्वन्द्वि होइन । तथापी काठमाडौंमा भएको पछिल्लो संस्करणमा भने नेपालले भारतलाई २–० ले हराएको थियो । त्यो भारतविरुद्ध नेपालको दोस्रो जित मात्रै हो । त्यसअघि नेपालले भारतलाई सन् २००६ को प्रथम साफ च्याम्पियनसिपको समूह चरणमा ३–० ले हराएको थियो । यद्दपी नेपालले पछिल्लो ठूलो उपाधि १९९३ मा दक्षिण एसियाली खेलकुद (साफ) को स्वर्ण पदक जित्दा भारतलाई नै हराएको थियो । २–२ को बराबरीपछि नेपालले टाइब्रेकरमा भारतलाई हराएर साफको उपाधि जितेको थियो । त्यो नेपाली सिनियर टोलीले जितेको पछिल्लो उपाधि हो ।
पछिल्ला दुइ संस्करणको सेमिफाइनल खेलको नेपालका लागि यसपटकको सुरुआतनै खराब रह्यो । अधिकांश समय श्रीलंकासँगको खेलमा हावी भएरपनि टोली आफ्नैै गल्तिमा पराजित भएको थियो । भारतसँगको त्यहि गल्ति दोहोराएमा टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपालले अहिले सम्म भारतनको बचश्वलाई तोड्न उसकै भूमिमा एउटा मौका पाएको छ । पछिल्लो ११ खेलदेखि गोल गर्न नसकेको टोलीले भारतलाई हराएर विजयलयमा फर्कने मौका छ । तर, त्यसमा टोली कति सफल हुन्छ , आइतबार साझसम्म कुर्नुपर्ने हुन्छ । पछिल्लो पटक भारतलाई २–१ ले हराएयता नेपालले सबै खाले प्रतिस्पर्धामा गरि ११ खेलसम्म गोल गर्न सकेको छैन । भारतविरुद्ध नै गोल गरेर गोलको खडरी चिर्ने अवसर पनि नेपाली टोलीसँग छ ।
अहिले सम्म नेपाल र भारतबीच १८ अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये नेपालले नियमित समयमा २ खेलमात्र जित्न सकेको छ भने ६ खेल बराबरीमा टुंगिएका छन् । बाँकी दश खेलमा नेपाल निराश भएको छ । यसपटक भारतलाई उसै भूमिमा निराश पार्ने अवसर नेपाली टोलीसँग छ । तर, के नेपाली टोली त्यसमा सफल होला ?

भारतविरुद्ध नेपालको प्रदर्शन
दोस्रो साफ खेलकुद १९८५, ०–२ हार
तेस्रो साफ खेलकुद १९८७,०–१ हार
चौथो साफ खेलकुद १९८९,१–२ हार
छैटौ साफ खेलकुद फाइनल १९९३, २–२ जित (टाइब्रेकरमा)
पहिलो सार्क गोल्डकप १९९३, ०–१ हार
सातौ साफ खेलकुद १९९५, ०–३ हार
तेह्रौं एसियाली खेलकुद १९९८, ०–१ हार
आठौ साफ खेलकुद १९९९, ०–४ हार
चौथो साफ च्याम्पियनसिप २००५, १–२ हार
प्रथम एएफसी च्यालेन्जकप २००६, ३–० जित
पाँचौ साफ च्याम्पियनसिप २००८, ०–४ हार
छैटौं साफ च्याम्पियनसिप २००९, ०–१ हार
नेहरु कप २०१२, ०–० बराबर
आठौं साफ च्याम्प्यिनसिप, २०१३ २–१ बराबर
मैत्रीपूर्ण खेल २०१३, ०–२ बराबर
विश्व छनोट (पहिलो लेग), २०१५ ०–२ बराबर
विश्वकप छनोट (दोस्रो लेग) २०१५, ०–० बराबर
मैत्रीपूर्ण खेल २०१५, ०–० बराबर

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.