10 years ago
January 5, 2016
पुष २१ गते, काठमाडौं
नेपाली राष्ट्रिय फूटबल टोलिमा बङ्गबन्धु कपमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने टोलीमा फेरबदल भएको छ| चोटका कारण डिफेन्डर देवेन्द्र तामाङ्गले खेल्न नसक्ने भएपछि दिनेश राजवंशीलाइ उनको ठाउँमा टोलीमा सामेल गरिएको छ|
चोटका कारणनै साफको टोलीमा नपरेका देवेन्द्र सो चोटबाट ठिक भएर मोफसलका प्रतियोगितामा खेलिसकेका थिए| तर, राष्ट्रिय टोलीमा प्रशिक्षणका दौरान पुन: चोट बोकेपछि उनि खेल्न नसक्ने भएका हुन्|
दिनेशले यसअघि पनि राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइसकेका थिए तर ओजेम्सको आगमनसंगै उनि टोलीमा परेका थिएनन्| उनि यु१९ साफ विजेता टोलीका पनि सदस्य रहेका थिए| सो टोलीका ७ सदस्य हालको राष्ट्रिय टोलीमा परेका छन्|
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]