10 years ago
January 12, 2016
फागुनन्द गोल्ड कप : कर्णसिंह सोनाम स्मृती क्लव
दिपक बोहोरा ,पाचथर
फिदिम स्पोटिङ क्लबको आयोजनमा पााचथरको फिदिममा सञ्चालन भई रहेको सातै वाईवाई फागुनन्द गोल्ड कपको आजको खेलमा कर्णसिंह सोनाम स्मृती क्लव ताप्लेजुङ (केएसएस) ले विर्तामोर्ड युनाईडेट फुटवल क्लव झापालाइ २ को बिरुद्ध १ गोलले हराउदै अन्तिम चारमा प्रबेश गरेको छ । सुरुबाती अग्रता झापाले लिए पनि यसलाई जोगाउन नसक्दा झापा निरहि बन्न पुग्यो । खेलको पहिलो हाफमा गोल गर्दै झापाले अग्रता लिएको थियो । राम्रा खेलाडी भएपनि खेल नमिल्दा पहिलो हाफमा ताप्लेजुङ दवाबमा परेको थियो । पहिलो हाफको सातौ मिनेटमा झापाका वुद्ध चेम्जोङले गोल गर्दै अग्रता दिलाएका थिए ।
स्टार खेलाडिले भरीएको झापामा कर्ण लिम्बुको साथ धेरै बेर रहन सकेन धाइते भएर उनले मैदान छाडे । दोश्रो हाफमा आक्रामक देखिएपछि ताप्लेजुङका डिफेण्डरले हातले गोल रोकेपछि रेडकार्ड पाएर वाहिरीएपछि थप दबाव पर्यो । दोश्रो हाफको ३१ औा मिनेटमा रोजीन धिमालले दिएको पासलाई हेड मार्फत अफ्रिकन अग्ला खेलाडी सेगुन हिथ्योले गोल गर्दै खेल बरावरी बनाएका थिए ।
निर्धारीत ९० मिनेट सम्म पनि खेल बराबरी भए पछि थपिएको अत्तिरिक्त समयको अतिरिक्त समयको दोश्रो हाफको तेस्रो मिनेटमा रोजीन धिमालले प्रहार गरेको फ्रि किकलाई विजय घिमालले हेडमार्फत गोलनै ताप्लेजुङको जितका लागि पर्याप्त बन्यो । यो फागुनन्द गोल्ड कप प्राय टिममा ए डिभिजनका खेलाडि हरु सामेल भएको पाइन्छ । आजको खेलमा पनि बिजय धिमाल ,कर्ण लिम्बु , वुद्ध चेम्जोङ आदि रहेका थिए । आजको खेलमा ताप्लेजुङका रोजीन धिमाल म्यान अफ दि म्याच घोषित भए ।
ताप्लेजुङको भेट सेमि फाईनलमा केएफसि फुटवल क्लब सिक्खिमसाग हुने छ फिदिम स्पोर्टिङ क्लबको आयोजनामा फिदिममा जारी प्रतियोगिताको मंगलावर चर्च ब्वाईज क्लव काठमाण्डौ र एपिएफ पुर्वाञ्चल भिड्दै छन ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]