default_image

10 years ago

January 16, 2016

सहारा एकेडेमीमा प्रशिक्षण दिन हुमागाई दोविल्लामा

144 views

0 Bookmark

पोखरा

तस्बिरहरु – सुदर्शन रञ्जित

अमेरीकाबाट केहि दिनको विदामा स्वदेश आएका युवा चर्चीत फुटवल प्रशिक्षक प्रदिप हुमागाइ यति वेला पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा व्यस्त रहेका छन । अमेरीकामा रहेको वेष्ट ह्याम युनाईटेड क्लवको कि स्टोन एथ्लेटिक्स एकेडेमीमा फुटवल प्रशिक्षण गराउदै आएका हुमागाई एक महिनाको विदामा नेपाल आएको समयलाई स्वयम सेवकको रुपमा सहारा एकेडेमीमा रहेका वालहरुलाई फुटवल खेलको प्राविधिक ज्ञान दिनयति वेलाव्यस्त रहेका हुन।

Pradip Humagain

pradip 3

 

गत आईतबार एकेडेमिमा आएका हुमागाई आगामी सुक्रबारसम्म एकेडेमीमै रहेका वालकहरुलाई विहान र वेलुका गरी दिनको दुई समयमा फुटवल खेलको प्राविधिक ज्ञान दिदैछन । एएफसीको सी, एएसीको बी, अमेरीकामा मिडफिल्ड क्लिनीक प्रशिक्षक समेत गरेका उनले काठमाण्डौमा विश्वबिद्यालयमा केहि समय प्रशिक्षण गराए पश्चात ४ महिना हिमालयन शेर्पाबाट फुटवल प्रशिक्षकको ईन्टनशिप गरेका थिएभने थ्री स्टार क्लवमा केहि समय प्रशिक्षणको जिम्मेवार समेत सम्हालेका थिए । विगत दुई बर्ष देखि अमेरीकामा रहेका हुमागाईले सहारा क्लवद्धारा संचालित एकेडेमिमा रहेकावालकहरु निकै अनुसासित तथा फुटवल खेल प्रति जिज्ञासु भएको कारणले गर्दा आफुलाई प्रशिक्षण गराउन पाउदा थप हौसला मिलेको समेत उनले बताए । उनले भने“ म नेपालमा विदाको समयमा आउदा यस्ता एकेडेमीहरुमा प्रशिक्षण गराउन पाउनु मेरो लागि गर्वको कुरा हो, यस्तो अभियानलाई मैले जिवन्त राख्ने छु, अर्को पटक नेपाल आउदा कुनै पनि यस्ता एकेडेमीहरुमा मेरो खाँचो छ भने पनि मैले सहयोग गर्न तयार छु ।” थ्रि स्टारलाई लिग विजेता गराउन महत्वपुर्ण भुमिका खेल्दै उत्कृष्ट कोच समेत बन्न सफल भएका हुमागाईले २०५३ साल देखि फुटवल खेलमा लागे पछि विगत ३ बर्ष देखि प्रशिक्षणको भुमिका निभाउदै आएका छन ।थ्रि स्टार सम्हालेको छोटो समयमा उनले लिग विजेता हुदै, आहा रारा गोल्ड कप, उदयपुर गोल्ड कप सहित अन्य उपाधि जिताउन सफलभएकाथिए ।

नेपाली फुटवल खेलमा एन्फा विवाद र खेलाडीको म्याचफिक्सिङको बारेमा खुलेर बिरोध नगरे पनि उनले विदेशमा नेपाली फुटवल खेलको वदनाम भएकोले अब सकरात्मक ढंगले अगाडी बढाउनु पर्ने बताए । उनले भने “फुटवल विकासमा अब सवै सकरात्मक ढंगले सोच्दै अब राम्रो गर्नू पर्दछ ।” एकेडेमीमा रहेका वालकहरुलाई मुख्य प्रशिक्षण गराउदै आएका किरण श्रेष्ठको समन्वयमा विभिन्न प्रशिक्षकहरुबाट समय समयमा यसरी एकेडेमीमा प्रशिक्षण गराउदै आएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । एकेडेमीका रहेका वालकहरुको स्तर उन्नतीगर्नूको साथै नयाँपनदिनको लागि यस्तो प्रशिक्षण आवश्यकभएको आचार्यले बताए । एकेडेमीमा हाल १६ जिल्लाका २६ जना वालकहरु रहेका छन । आहा रारा गोल्ड कपको बचत रकम सहित स्वदेशी तथा विदेशी दाताले दिएको सहयोगले एकेडेमीमा रहेका वालकहरुको भरणपोषण हुदै आएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.