10 years ago
January 17, 2016
काठमाडौँ । नेपाल राष्टिय मुवाँ थाई सघंको काठमाठौँ जिल्ला मुवाँ थाईमा राजिव महर्जनको नेतृत्वमा १३ सदस्ययी कार्यसमीती सर्बसम्मत निर्वाचित भएका छन् ।
जिल्ला कार्यसमितीमा पत्रकार अनिल मल्ल ठकुरी प्रथम उपाध्यक्ष,नीमेश स्थापीत द्धितिय उपाध्यक्ष,श्याम कृष्ण श्रेष्ठ तृतीय उपाध्यक्षमा चयन भएका छन् ।त्यस्तै जिल्ला कार्यसमीतीको भेलाले काठमाडौँ वडा नम्बर ३२ का पुर्व अध्यक्ष केदार मान चित्रकार सचिव,निवेन्द्र भक्त प्राधानाङ्ग सहसचिव र अमृत तुलाधारलाई कोषाध्यक्षमा सर्बसम्मत चयन गरीएको छ ।
नेपाल राष्टिय मुवाँ थाई सघंका अध्यक्ष गणेश लाल कक्षापतीको अध्यक्षता भएको जिल्ला भेलाबाट सदस्यमा विजय खड्गी,शन्नी बज्राचार्य,पुजन महर्जन,अमन अमात्य,शिव शकंर रन्जीतकार,दिनेश श्रेष्ठ,रवि कर्मचार्य र बाल कृष्ण खड्गी छन् । नयाँ जिल्ला कार्यसमितीले मुवाँ थाई खेल जिल्लाको हेरक कुनामा पु¥यान उद्धेश्यका साथ विभिन्न योजनालाई भेलामा प्रस्तूत गरेको थियो । सो अवसरमा जिल्ला कार्यसमीतीका पुर्व उपाध्यक्ष रमेश कर्मचार्यले सफलताको शुभकामना दिए ।
सघंका अध्यक्ष कक्षापतीले पदकको सम्भावना रहेको खेललाई खेलकुदको निकायले बेवास्ता गरेको बताए । कार्यक्रमका प्रमुख अतिथी एवं काठमाडौँ जिल्ला खेलकुद विकास समितीको अध्यक्ष ध्रुव न्यौपाने सर्वसम्मत चयन भएका कार्यसमितीलाई बधाई तथा आगामी कार्यकालको शुभकामना दिदै दोशल्ला उडाउनु भयो । सो अवसरमा न्यौपानेले मापदण्ड अनुरुप अबको दिनमा राज्यले सबै खेललाई समान दृष्टीकोणले हेर्ने बताए ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]