default_image

10 years ago

January 23, 2016

राष्ट्रिय टोलीलाई नगर परिक्रमा

224 views

0 Bookmark

बंगबंधु गोल्ड कपको उपाधि जितेको राष्ट्रिय टोलीले आज नगर परिक्रमा गरेको छ|

IMG_0747

विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए|

रंगशालामा खेलाडीहरुलाई बधाई ज्ञापन कार्यक्रममा सदस्य सचिव केशब कुमार बिष्ट लगाएत एन्फाका पदाधिकारीहरुको उपस्थिति थियो| कार्यक्रममा बोल्दै अदास्य सचिव केशब कुमार बिष्टले  नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने भन्दै कुनै पनि खेलाडीहरुले म्याच फिक्सिङ्गको आरोप झेल्नु नपर्ने बताए । उनले खेलाडीहरुले बगंबन्धु रङ्गशालामा जुन जुझारुपनको जित निकाले त्यो जित खेलाडी, फुटबल र खेल क्षेत्रका मात्र नभई तीन करोड नेपालीको जित भएको बताए ।

सदस्य सचिव बिष्टले अन्तराष्ट्रिय प्रतियोगितामा हारको खडेरीलाई यस बिजयले परिपूर्ति गरेको भन्दै नजिकै आएैका १२ औं दक्षिण एशियाली खेलकुदमा समेत यसलाई निरन्तरता प्रदान गर्ने बिश्वास ब्यक्त गरे ।

यस्तै सदस्य सचिव बिष्टले टोलीका प्रत्येक सदस्यलाई २ लाख प्रदान गर्न सरकारलाई अनुरोध गर्ने समेत बताए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.