10 years ago
August 5, 2015
काठमाडौं
९ साउन
बुद्ध एयरले चेसुङ वाइन कर्पोरेट फुटसलको उपाधि शनिवार जितेको छ ।बिकास रायमाझीको ह्याट्रिकको मद्दतमा बुद्ध एयरले इन्भेष्टमेन्ट बैंकमाथी ५–४को रोमान्चक जित निकाल्यो । अन्य गोल भरतकुमार बुढाथोकी र सिद्धार्थबहादुर सिंह रहेका थिए । इन्भेष्टमेन्ट बैंकका तर्फबाट नरेन्द्र रोकाले २गोल तथा नारायण बिक्रम पाण्डे र समिरराज भण्डारीले समान एक–एक गोल गरेरकाथिए । तेश्रो स्थानको लागि भएको खेलमा सिभिल बैंकले सनराईज बैंकलाई ५–०ले पराजित गऱ्यो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेताटिमहरुले आकर्षक शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रथम हुने टिमका ९ जना खेलाडीको जोडीलाई धुलिखेल लज रिसोर्टमा नाइट स्टेको साथै
अन्य गीफ्ट ह्याम्पर प्राप्त गरेका थिए । दोस्रो हुने टिमका ९ जना खेलाडीले होटल सांग्रिलामा फ्राईडे नाइट वारविक्यु डिनर लगायतअन्य गीफ्ट ह्याम्पर प्रदानगरिनछ ।

फाईनल खेलमा ३ गोल गर्ने बुद्ध एयरका बिकास रायमाझी उत्कृष्ट खेलाडी चुनिए। उनले काठमाडौं मलेशिया काठमाडौंको एअर एसियाको टिकट, बन्दीपुर माउन्टेन रिसोर्टमा १ कपलको लागि नाइट स्टे, अन्य गीफ्ट ह्याम्पर प्राप्त गरे। प्रतियोगितामा हाईस्कोरर सनराईज बैंकका रोशन लामा भए । हाइस्कोररको जोडीलाई बुद्ध एअरबाट उपलव्ध भएको माउन्टेन फ्लाइटका साथै अन्य गीफ्ट ह्याम्पर प्राप्त गरे । उत्कृष्ट डिफेन्स एनएमबी बैंकका सगुन लामा चुनिए। बिष्ट डिफेन्सको उपाधि भने सिभिल बैंकका अभय लामाले जिते । दुवैका कप
जोडीका लागि बन्दीपुर माउन्टेन रिसोर्टमा नाइट स्टेको साथै अन्य गीफ्ट ह्याम्पर उपलब्ध गरिएको थियो। बिजेता टिमलाई प्रमुख अतिथि एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालीया, बिशेष अतिथि मुख्य प्रायोजक तीनजुरे वाईन प्रालीका अध्यक्ष मोहन बिक्रम लामा, आयोजक थ्रि आर विजनेस इंक प्रा. लि.प्रबन्धनिर्देशक रसिन खड्काले पुरस्कृत गरेका थिए । समापन समारोहमा क्याट्रिङ ब्यवसायी संघका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी,शेरबहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]