10 years ago
August 26, 2015
सिनियर फुटबलमा दक्षिण एसियाको पावरहाउसका रुपमा आफुलाई उभ्याएको अफगानिस्तानलाई उमेर समुहमा सोहि अनुसारको छाप छोड्न नसकेको आरोप लाग्ने गरेको छ । नेपालमाथी भने अफगानिस्तानको ठिक उल्टो आरोप लाग्ने गर्छ उमेर समुहमा राम्रो भएपनि सिनियर लेवलमा कमजोर टिमका रुप्मा नेपाललाई मानिंन्दै आएको छ । यस्तोमा दुबै टिम सामु स्पष्ट विकल्प भनेको आफ्नो साख जोगाउनु हुृने छ । उमेर समुहमा आफुलाई बलियो प्रमाणित गर्नु पर्ने चुनौती अफगानिस्तानलाई रहंदा नेपाललाई आफ्नो पुरानो साख जोगाउनु त्यो भन्दा बढि चुनौती हुने छ ।
बिहिबार समुह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको नेपालले पहिलो सेमिफाइनलमा समुह ‘बि’ को उपविजेता बनेको अफगानिस्तान विरुद्ध फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दा उसको लक्ष्य फाइनल पुग्नु हुने छ । उपाधि जित्ने लक्ष्य राखेको युवा टिमको प्रदर्शन सन्तोष जनक नभइरहेको बेलामा अफगानिस्तानसंगको प्रतिष्पर्धा कठिन भएपनि जित निकाल्न सक्नेमा प्रशिक्षक बालगोपाल महर्जन ढुक्क छन् ।
बिहिबारनै फाइनल पुग्ने दुबै टिमको टुंगो लाग्दा मध्यान्हमा हुने खेलमा नेपाली टिमले आफुलाई प्रमाणीत गर्नु पर्ने छ । शारीरीक रुपमा निकै बलियो मानिएको अफगानि टिम विरुद्ध नेपालले सोहि अनुसारको रणनीती तय गर्नू जरुरी छ । ट्यानिकल्ली रुप्मा अफगानिस्तान भन्दा राम्रो मानिएको नेपाली टिमलाई आफ्नो घरेलु मैदान र घरेलु दर्शकको साथ राम्रै मिल्नेछ । यस्तोमा उसले लामो समयको नेपाली फुटबलको असफल्ता तोड्ने जिम्मेवारी लिएर प्रदर्शन गरेमा नतिजा आफु अनुकुल आउन सक्ने छ अन्यथा सानो गल्तीले यू–१६ को जस्तो अवस्था नआउला भन्न सकिन् । राम्रो प्रदर्शनका बाबजुत गरेको एउटा गल्तीले यू–१६ टिम सेमिफाइनलबाटनै बाहिरिएको थियो । जसबाट यू–१९ टिमले पाठ सिक्न जरुरी छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]