10 years ago
February 23, 2016
काठमाडौं–
नेपालको राष्ट्रिय फुटबल टोलीले अर्को महिना मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ ।
मलेसिया फुटबल संघको अनुरोधमा दुई देशबीच चैत १६ गते मलेसियाको क्वालालम्पुरमा मैत्रीपूर्ण खेल तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार जनाएको छ ।
नेपालले पछिल्लो एक महिनामा लगातार दुई उपाधि जितेको थियो । नेपाली राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकपको उपाधि जितेर फर्केको थियो ।
त्यस्तै त्यहि टोलीमा रहेका अधिकाशं खेलाडी सम्मिलित यू–२३ ले नौं दिन अघि भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो ।
सागमा नेपालले २३ बर्षपनि स्वर्ण पदक जितेको थियो । आउने दुई बर्ष नेपाली राष्ट्रिय टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु नपर्ने भएकाले एन्फाले बढी भन्दा बढी मैत्रीपूर्ण खेलमा जोड दिने बताएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]