default_image

10 years ago

August 28, 2015

प्याट्रिक अस्सेम्स नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त

211 views

0 Bookmark

काठमाडौं भाद्र १० |

नेपालको राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक पदमा बेल्जियन म्यानेजर प्याट्रिक अस्सेम्स नियुक्त भएका छन्। उनी आजै फ्रान्सबाट काठमाडौँ आइपुगेका छन्। उनलाई एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए

Patrick

igihe.com

यसअघि ५० वर्षीय प्याट्रिकले फ्रान्सका सात टिम, चीनका दुई टिम, क्यामेरुनको राष्ट्रिय टोली बेनिनको राष्ट्रिय टोलीमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

अखिल नेपाल फुटबल संगले पत्रकार सम्मेलन मार्फत अस्सेम्स ६ महिनाको लागि आबध भएको जनाएको छ |

“म मेरो अन्तराष्ट्र  अनुभव नेपाली फुटबलमा प्रयोग गर्न चाहन्छु | हामी संग ४ महिना छ, यो ४ महिनामा नेपाली खेलाडीहरुले मलाई बुज्नेछां भन्ने मैले आशा गरेको छु ” ,  प्याट्रिकले पत्रकारहरुलाई सम्बोधन गर्दै भने |

“म यहाँ  उत्क्रिस्ट खेलाडीहरुलाई पहिचान गर्न आएको हु, मैले नेपाल को यु १९ टिममा खुभी देखेको छु “, उनले बताए  |

उनलाई सेवा स्वरूप  अखिल नेपाल फुटबल सङले प्रत्यक महिना ७००० अमेरिकि डलर  दिनेछ |

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.