10 years ago
March 17, 2016
मलेसिया अन्डर-२२ विरुद्ध मार्च २७ गते खेलिने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण जारी छ|
नवनियुक्त जापानी प्रशिक्षक ग्योतोकु कोजिले प्रारम्भिक छनोटमा ४४ खेलाडी बोलाएकोमा अहिले ३६ खेलाडी प्रशिक्षणरत छन् |यो हप्ता भित्रै अन्तिम २३को घोषणा गर्ने लक्ष्य एन्फाले लिएको बुझिएको छ |
१२औं सागमा स्वर्ण विजेता टोलीको प्रमुख प्रशिक्षक रहेका राजु काजी शाक्य हाल राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहेका छन् भने मृगेन्द्र मिश्र गोलरक्षक कोच छन्|
प्रशिक्षणको भिडियो:
भिडियो सौजन्य: सुबास हुमागाईं
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]