10 years ago
March 27, 2016
नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन् |
मलेसियाको सेम्बिलन स्थित अब्दुल रहमान तुआन्कु रंगशालामा हुने खेल नेपाली समयानुसार साँझको ६:४५ बजे सुरु हुनेछ | जापानिज प्रशिक्षक कोजी ग्योतोकुको पहिलो खेल रहेको यस खेलमा नेपालका प्रमुख छ खेलाडी विविध कारणले गर्दा उपस्थित छैनन् |
आज हुने खेलमा विराज महर्जनले कप्तानी गर्नेछन भने गोलरक्षकको भूमिकामा कसलाई खेलाउने भन्ने विषय प्रशिक्षकको लागि टाउको दुखाई बनेको छ |
बिमल र अन्जनको अनुपस्थितिमा भरत खवास र प्रकाश बुढाथोकीले नवयुग श्रेष्ठसंग मिलेर टोलीको आक्रमण सम्हाल्ने छन् | विशाल राई र हेमन गुरुङले मध्यक्रम सम्हाल्ने सम्भावना देखिएको छ |
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]