default_image

10 years ago

April 8, 2016

शाक्य गजराज आदर्श खेलाडीबाट सम्मानित

160 views

0 Bookmark

काठमाडौं- फुटबल प्रशिक्षक राजुकाजी शाक्य गजराज जोशी आदर्श खेलाडीबाट सम्मानित भएका छन् ।

राजुकाजी शाक्य नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेसँँग सम्मानपत्र ग्रहण गर्दै ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले शुक्रबार भक्तपुर दरबार स्क्वारमा आयोजना गरेको बर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा शाक्यलाई आदर्श खेलाडीबाट सम्मान गरिएको थियो । नेमकिपाका अध्यक्ष नारायमान विजुक्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा, गजराज फाउन्डेसनका अध्यक्ष राम जोशी र संघका अध्यक्ष दीपक विष्टले शाक्यलाई सम्मान गरेका थिए ।

शाक्यको प्रशिक्षणमा नेपालले गत महिना मात्र नेपालको यू २३ टोलीले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो । प्रशिक्षकका रुपमा शाक्यको त्यो पहिलो अन्तराष्ट्रिय उपाधि थियो । तर, खेलाडीका रुपमा भने उनी नेपालका सफल खेलाडीमध्ये पर्छन् ।

नेपालको राष्ट्रिय टोलीले प्राप्त गरेको दुई ठूला सफलताका दुई खेलाडी मध्येका शाक्य एक हुन् । नेपालले सन् १९८४ मा काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली खेलकुद (साफ) र १९९३ मा बंगलादेशमा सम्पन्न तेस्रो साफमा स्वर्ण पदक जित्दा शाक्यको सदस्य थिए । स्वर्ण जित्ने टोलीमा रहेका शाक्यसँगै उमेश प्रधान थिए । प्रधान अहिले परिवारका साथ अमेरिका छन् । बरु ठेलागाडा चलाएर जीवन चलाउछु भन्ने शाक्यले १९९३ को स्वर्ण जित्ने टोलीको कप्तानी समेत गरेका थिए । नेपाली राष्ट्रिय टोलीबाट बढी अन्तराष्ट्रिय खेल खेल्ने मध्येका शाक्य खेलाडी र प्रशिक्षकका रुपमा झन्डै ४ दशकदेखि फुटबलमा सक्रिय छन् ।

एनआरटी, आर्मी, लक्ष्मी हुन्डाई मनाड मस्र्याड्दी जस्ता माथिल्ला क्लब सम्हालिसकेका शाक्यले प्रशिक्षकका रुपमा घरेलु ए डिभिजन लिग भने जित्न सकेकका छैनन् । त्यसैले पनि उनलाई अभागी प्रशिक्षकका रुपमा हेरिन्थ्यो । अहिले महिना सागमा स्वर्ण जिताएपछि भने उनीमाथिको त्यो ट्याग हटेको छ । आदर्श खेलाडी घोषित भएवापत उनले सम्मान पत्र २५ हजार रुपैयाँ प्राप्त गरे । सो अवसरमा २०७१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने अलग अलग खेलका २५ खेलाडीलाई बर्षका उत्कृष्ट खेलाडी घोषित गर्दै पुरस्कृत गरिएको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.