default_image

10 years ago

April 16, 2016

पुलिसलाई हराउदै एपिएफ पोखरा कपको सेमिफाईनलमा

153 views

0 Bookmark

चौथो संस्करणको मनकामना पोखरा कप फुटवल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबलाई हराउदै शसस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ ।

APF defeats NPC

पोखरा रंगशालामा शनिवार सम्पन्न खेलमा अर्को विभागिय टिम पुलिसलाई २—० ले हराउदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा रञ्जन विष्टले तीन मिनेटको अन्तरालमा दुइ गोल गर्दै एपिएफलाई सेमिफाइनलमा प्रवेश गराएको हो । खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा विष्टले एपिएफको लागि दुई गोल गरेका थिए । खेलको ५९ औं मिनेटमा अग्रता दिएका उनले तीन मिनेटपछि पुन अर्को गोल गरे र जित सुनिश्चित पारे ।

आजको विजेता एपिएफले फाईनल प्रवेशको लागि बैशाख ८ गते मनाङमस्र्याङदी र रमपम झापा ११ विच आइतबार हुने खेलको विजेतासाग प्रतिश्पर्धा गर्नेछ । प्रतियोगिताको फाईनल खेल बैशाख ११ गते हुनेछ । शनिवारको खेलमा एपिएफका रञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए ।

खेल पश्चात पत्रकार संग प्रतिक्रिया दिदै जनक सिंङले अघिल्लो संस्करणमा पहिलो खेलबाटै बाहिरिएको एपिएफ क्लव यो पटकको प्रतियोगितामा लगातार दोश्रो खेल जित्न सफल भएकोमा खुसी ब्यक्त गरे । शनिवारको खेलको पहिलो हाफमा पास मिस भएका कारण खेल राम्रो हुन नसकेको भएतापनि दोश्रो हाफमा आफ्नो टीम राम्रो खेलेको र नतिजा राम्रो आएको सिङले वताए । आगामी खेल पनि राम्रो खेल्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै नेपाल पुलिस क्लवका प्रशिक्षक विराट कृष्ण श्रेष्ठले गोल रक्षकको गल्तीका कारण आफ्नो टीमले पहिलो गोल खाएको वताए । शनिवारको खेलमा आफ्नो टिमको खेलाडीले ब्याकपास राम्रो खेल्न नसक्नुनै हारको मुख्य कारण रहेको उनको भनाइ रहेको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.