default_image

10 years ago

April 20, 2016

भारतलाई हराउदै धरान पााचौ पोखरा कपको सेमिफाईनलमा

143 views

0 Bookmark

पोखरा ०७ वैशाख
धरान फुटवल क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा पााहुना टोली उडिसा फाओ एकेडेमी भारतलाई ३— ० ले हराउदै धरान अन्तिम चारमा पुगेको हो ।

dharan in semis
पहिलो हाफ बराबरीमा सकिएपनि खेलको ५९ औं मिनेटमा धरानका तीर्थ बस्नेतले गोलको खाता खोलेका थिए । खेलको ७५ औं मिनेटमा लक्ष्मण रुचालले अग्रता दोब्बर पारे भने जिम्मीले ८४ औं मिनेटमा धरानको लागि तेस्रो गोल गरेका थिए । म्यान अफ दी म्याच धरान एघारका वर्तमान राइ घोषित भए ।

खेल तालिका अनुसार दिल्ली युनाईटेड एफसीले प्रतियोगितामा सहभागीता जनाउने भनिएपनि अन्तिम समयमा अर्को भारतीय टिम आएको हो ।

आजको विजेता धरानले फाईनल प्रबेशको लागि बैशाख ९ गते आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमिफाईनल खेल मनाङमस्र्याङदी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको विचमा हुनेछ । प्रतियोगिताको फाईनल खेल बैशाख ११ गते हुनेछ । खेल पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै धरान फुटवल क्लवका प्रशिक्षक सुवास केसीले आजको खेल राम्रो भएको वताए । अव आर्मी संग हुने खेल पनि राम्रो प्रस्तुती रहने उनको भनाइ रहेको थियो ।

त्यस्तै उडिसा फाओ एकेडेमी भारतका प्रशिक्षक एस के मन्जुरले नेपालमा पहिलो पटक फुटवलमा सहभागी हुन पाउदा खुसी लागेको वताए । आफ्नो अण्डर २२ को खेलाडीले नेपालको राम्रो टीम संग प्रतिस्पर्धा गर्नु नया अनुभव भएको उनको भनाइ रहेको थियो । आफ्नो खेलाडीले राम्रो खेल प्रस्तुत गरेको उनले वताए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.